१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

सप्तरीमा वर्षाका लागि पूजापाठ

Logo
प्रकाशित सोमबार, आषाढ २७, २०७९

न्यूजमधेश डेस्क
राजविराज, २७ असार ।सप्तरीका प्रशासन प्रमुखहरुले वर्षाका लागि सोमबार सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजरा स्थित बाबा बनस्खण्डी मठमा पूजा गरेर वर्षाका लागि गुहार गरेका छन् ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्ले लगायत सुरक्षा निकाय र सरकारी कार्यालयका प्रमुखहरुको टोलीसँगै मठमा पुगि वर्षाका लागि गुहार गर्दै पूजा गरेका छन् ।

लोहजरा भेडियो मठको नामले प्रसिद्ध बनस्खण्डी मठमा रुद्री, इन्द्र पूजा र हवन समेत गरेका छन् ।

जिल्लाका प्रमुख व्यत्तिहरुले मठमा पूजा गरेपछि पर्याप्त वर्षा हुने जविश्वास रहेको छ । पूजामा सहभागी स्थानीय नरेश कुमार यादवले भने, प्रत्येक वर्ष झै यस वर्ष यो पूजा समयमा नै भएको बताए ।

मठमा विधिवत पूजा गरेपछि पानी पर्ने जनविश्वास रहेकाले जनताको भावनालाई बुझेर यो पूजापाठ गरिएको सप्तरी सिडियो गौतमले बताए ।

तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादवले विधिपूर्वक पूजा सम्पन्न भएको र यसमा लागेको खर्च गाउँपालिकाले दिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]