२९ चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

प्रधानमन्त्रीलाई बिभिन्न माग राख्दै लोसपाले पठाए ज्ञापन पत्र

Logo
प्रकाशित सोमबार, आषाढ २७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बिभिन्न माग राख्दै सोमबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

प्रमुख जिल्ला अधिकारी मार्फत् पठाइएको ज्ञापनमा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने र वैवाहिक अंगीकृतलाई बर्तमान कानुन अनुसार नै नागरिकता दिने कार्य हालसम्म हुन नसहेकाले द्रूत गतिमा अगाडि बढाई कार्यान्वयन गर्न माग गरिएको छ ।

मधेश÷थरुहट आन्दोलन लगायत बिभिन्न आन्दोलनमा लगाइएका झुठा मुद्दा फिर्ता गरी महोत्तरी र कैलालीमा रहेका रेशम चौधरी लगायतका राजबन्दीलाई रिहा गर्नुपर्ने, नेपालका बिभिन्न उत्पीडीत समुदा मधेशी, थारु, आदिवासी जनजाती, शिल्पी, महिला, मुश्लिम लगायतको सम्मान, पहिचान र अधिकार प्राप्तिका लागि संविधानमा संशोधन गर्न ज्ञापनमा माग गरिएको छ ।

यस्तै, देशमा व्याप्त महंगी, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, कृषिको लागि मलखाद्यको व्यवस्था गर्नुपर्नेसहितका माग ज्ञापनमा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]