०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

नेपाली काग्रेसका नेता सिंह समाजवादी पार्टीमा प्रवेश

Logo
प्रकाशित बुधबार, साउन २२, २०७६

विपिन यादव,काठमाडौ । नेपाली कांग्रेसका नेता लक्ष्मण सिंह समाजवादी पार्टीमा एक कार्यक्रम बिच मंगलबार पार्टी प्रवेश गरेको छ।

प्रदेश नं.७ मा नेपाली कांग्रेसका सक्रिय राजनीतिकमा चर्चित एवं नागरिक समाज डडेल्धुराका अध्यक्ष लक्ष्मण सिंह २०३८ साल देखि ने .वि.संघ बाट राजनितिक यात्रा सुरु गर्दै विभिन्न समयमा नेपाली कांग्रेसको जिल्ला प्रतिनिधि हुदै लगभग ४ दशक लामो राजनीतिक यात्रा र विभिन्न समयमा समाज सेवामा आबद्ध रहि जनता र समाजको सेवा गर्दै आइरहेका थिए ।

नेपाली कांग्रेसको सक्रिय राजनीतिक मार्फत डडेल्धुरा बासीको सेवामा विगत लामो समय देखि विभिन्न जिम्मेवारी पुरा गर्दै आइरहेको थिए । नेपाली कांग्रेसको किचलो , नेतृत्वको अर्कमण्यता पार्टीको गतिहीन र दिशाहिन अवस्थाले अब नेपाली कांग्रेसबाट देश र जनताको पक्षमा कुनै ठोस काम हुन नसक्ने एक प्रेस विज्ञप्ति निकालेर जानकारी गराएको छ।

पछिल्लो पटक नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपाल बीचको एकताले , उत्पीडित , उपेक्षित र निराश जनतामा आशाको बति बालेको छ ।
हिमाल ,पहाड ,तराई ,आदिवासी ,जनजाती ,उत्पीडित सम्पुर्ण समुदायलाई राष्ट्र निर्माणको मूल प्रवाहमा ल्याउन सक्ने नेतृत्व र पार्टी सामाजवादी पार्टी मात्र रहेको बताउदै लक्ष्मण सिंह लगायत दर्जनौं नेताकार्यकर्ता समाजवादी पार्टीको केन्द्रीय कार्यालय काठमाडौमा केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईको हात बाट अविर लगाएर समाजवादी पार्टीमा प्रवेश गरेको प्रदेश नं.७ समाजवादी युवा संघका अध्यक्ष गोविन्द गुप्ताले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]