१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

ढल्केबर विद्युत ग्रिड शाखाका सुपरभाइजर यादवमाथि कुटपिट

Logo
प्रकाशित मंगलबार, आषाढ २८, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२८ असार। नेपाल विद्युत् प्राधिकरण ढल्केवर रिड शाखामा कार्यरत सुपरभाइजर अनिलकुमार यादवमाथि कुटपिट भएको छ ।

असार १५ गते उनीमाथि कार्यालय प्रमुख राजीव शर्माको निर्देशनमा कुटपिट भएको आरोप लागेको छ । सोही कार्यालयका इन्जिनियर शर्मासहित ७/८ जनाको समूहले यादवमाथि कुटपिट गरेको बताइएको छ । कुटपिटबाट घाइते भएका यादव प्रादेशिक अस्पतालमा उपचार गराएका थिए । आइतबार घटना बारे ध्यानाकर्षण गराउँदै धनुषाको प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।

प्रदेश सरकारलाई पनि कर्मचारी संगठनहरुले ध्यानकर्षण गराएका छन् । नेपाल निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठनका धनुषा जिल्ला कार्य समिति र मधेश प्रदेश समितिले संयुक्त विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा दोषी पत्ता लगाई कारवाही गर्न माग गरिएको छ ।

कार्यालयमा भइरहेको अनियमितताको विरुद्ध आवाज उठाउँदा कार्यालय प्रमुख शर्मा, इन्जिनियर मनिष शर्मा, इलेक्ट्रिसियन समिर मगर, कर्मचारी अशोक कुमार चौधरी, चतुर लाल थारु, पवन थारु, हरि बहादुर थारु र भागिराम थारु लगायतले कुटपिट गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]