१२ पुष २०८२, आइतबार
28-12-2025 , Sun
×

ढल्केबर विद्युत ग्रिड शाखाका सुपरभाइजर यादवमाथि कुटपिट

Logo
प्रकाशित मंगलबार, आषाढ २८, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२८ असार। नेपाल विद्युत् प्राधिकरण ढल्केवर रिड शाखामा कार्यरत सुपरभाइजर अनिलकुमार यादवमाथि कुटपिट भएको छ ।

असार १५ गते उनीमाथि कार्यालय प्रमुख राजीव शर्माको निर्देशनमा कुटपिट भएको आरोप लागेको छ । सोही कार्यालयका इन्जिनियर शर्मासहित ७/८ जनाको समूहले यादवमाथि कुटपिट गरेको बताइएको छ । कुटपिटबाट घाइते भएका यादव प्रादेशिक अस्पतालमा उपचार गराएका थिए । आइतबार घटना बारे ध्यानाकर्षण गराउँदै धनुषाको प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।

प्रदेश सरकारलाई पनि कर्मचारी संगठनहरुले ध्यानकर्षण गराएका छन् । नेपाल निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठनका धनुषा जिल्ला कार्य समिति र मधेश प्रदेश समितिले संयुक्त विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा दोषी पत्ता लगाई कारवाही गर्न माग गरिएको छ ।

कार्यालयमा भइरहेको अनियमितताको विरुद्ध आवाज उठाउँदा कार्यालय प्रमुख शर्मा, इन्जिनियर मनिष शर्मा, इलेक्ट्रिसियन समिर मगर, कर्मचारी अशोक कुमार चौधरी, चतुर लाल थारु, पवन थारु, हरि बहादुर थारु र भागिराम थारु लगायतले कुटपिट गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]