१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

लेखापालले विद्यालयकाे खाताबाट सुटुक्क झिके ३ लाख रकम

Logo
प्रकाशित मंगलबार, आषाढ २८, २०७९

अनमोल कार्की
रौतहट ,२८ असार ।रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा रहेको नमुना विद्यालय जनज्योति माविका लेखापालले नमुना काम गरेका छन् । सो विद्यालयका लेखापाल जागरण खड्काले रद्द भइसकेको चेकबाट कसैलाई थाहा नदिइकन रकम निकालेका छन् ।

विद्यालयले पाठ्यपुस्तक खरिद गरे वापत भुक्तानी गर्न विद्यालयका शिक्षक लक्ष्मण खनालको नाममा जेठ २५ गते राष्ट्रिय वाणिज्य बैंक चन्द्रनिगाहपुरमा रहेको विद्यालयको खाता नम्बर १२१००००५४६०१ को ३ लाखको चेक काटेको थियो । तर संस्थाको भुक्तानी व्यक्तिको नाममा चेक काटेर नगर्ने भन्दै अर्को चेक मार्फत पाठ्यपुस्तक खरिद गरेवापत चन्द्रपुर- ४ मा रहेको श्रेष्ठ पुस्तक पसललाई रकम भुक्तानी गरेको थियो । सोही शिर्षकको खर्चमा अर्को चेक मार्फत भुक्तानी गरेकाे पाएपछि शिक्षक खनालले आफ्नो नामको चेक भने लेखापाल खड्कालाई फिर्ता गरेका थिए ।

शिक्षक खनालले आफूले लेखापाल खड्कालाई चेक फिर्ता दिने बेला गाेश्वरा भौचर आफैले क्रस गरेर रद्ध गरे पनि लेखापल खड्काले चेक भने रद्द गर्न लाग्दा आफै गर्नेभनी राखेको तर रद्द नगरीकन असार २० गते सुटुक्क बैंकबाट सो चेक साटेर रकम निकालेको बताए । पछि लेखापाल खड्काले कसैलाई थाहै नदिई विद्यालयको खाताबाट तीन लाख आफूले निकालेर प्रयोग गरेको रहस्य खुलेपछि हतारहतार असार २४ गते शुक्रबार फेरि तीन लाख बैंकमा जम्मा गरेको विद्यालयले जनाएको छ ।

‘यो त सरासर मलाई फसाउने नियत देखियो,’ शिक्षक खनालले भने, ‘यो रहस्य नखुलेको भए भोलि छानबिन हुँदा म फस्ने थिएँ । यसरी किर्ते काम गर्ने लेखापाललाई कारवाही हुनुपर्छ । मेरो नामको चेकको रकम दुरुपयोग गरिएकोमा मेरो घोर आपत्ति छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कार्कीले आफूले यस कार्यलाई अत्यन्त गम्भीर रुपमा लिएको बताउँदै तत्काल छानबिन समिति गठन गरेर लेखापाललाई कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफूलाई यस घटनाको बारेमा जानकारी हुनेबित्तिकै लेखापाललाई विद्यालयको रकम पुनः बैंकमा जम्मा गर्न लगाएको बताउँदै यस्ताखाले लेखापाललाई कारवाही गर्नुको विकल्प नरहेको जिकिर गरे ।

वडा नम्बर ६ का वडाध्यक्ष सहदेव केसीले लेखापाल खड्काले गल्ती नभएर जानाजान अपराध गरेकोले उनलाई कारवाही हुने बताए । लेखापाल खड्काले गरेको कसुरको एकमात्र समाधान भनेको उनीमाथि गरिने कारवाही मात्र भएको बताउँदै वडाध्यक्ष केसीले यसमा कुनै पनि बहानामा सम्झौता नहुने दावी गरे ।

यता यसै विषयमा छलफल गर्न मंगलबार वडाध्यक्ष , विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितको विद्यालयका शिक्षकहरुको बैठक बसेको थियो । सो बैठकमा अधिकासं शिक्षकहरुले लेखापाल खड्काले गल्ति गरेको भन्दै छानविन हुनुपर्ने भन्दै उनीमाथि कारवाहीको माग गरेको बैठकमा सहभागि एक शिक्षकले बताए । उनका अनुसार बैठकमा लेखापाल खड्काले भने आफुले गलत नियतका साथ नभई पेश्कीस्वरुप रकम निकालेको दावी गर्दै विद्यालयलाई जानकारी नदिइ आफुखुसी रकम निकाल्नु गल्ती भएको स्विकार गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिले छानविन समिति गठन गर्ने भनेपनि लेखापाल खड्कालाई निलम्बन नगरेका कारण थप प्रमाण नष्ट हुने भन्दै उनलाई निलम्बन गरेर मात्र छानविन गर्नुपर्ने अर्का एक शिक्षकले बताए । निलम्बन नगरि छानविन गर्दा छानविन प्रभावित हुनसक्ने आशंका व्यक्त गर्दै उनले छानविन झारा टार्ने मात्र हुने हो कि भन्ने शंका उत्पन्न भएको बताए ।

विद्यालयका प्रधानाध्यापक शंकर भट्टराईले भने असार मसान्तमा शिक्षकहरुको तलब खुवाउनुपर्ने, संचयकोष दाखिला गर्नुपर्ने, तिरोतारो गर्नुपर्ने भएकाले लेखापाल नहुँदा उनलाई निलम्बन गर्न नमिल्ने बताए । विद्यालयका सबै शिक्षकहरु एक महिना ढिलो तलब खान राजी भएमा लेखापाल खड्कालाई तत्कालै निलम्बन गर्न विद्यालयलाइ कुनै समस्या नरहेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]