१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

उपेन्द्र यादवले पार्टीमा एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाए : बाबुराम भट्टराई

Logo
प्रकाशित मंगलबार, आषाढ २८, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,२८ असार। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएका छन् । अध्यक्ष भट्टराईले पार्टीमा ठूलो बन्नका लागि एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधिहरु गरेको आरोप लगाएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित केन्द्रीय कार्यसमितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संख्यात्मक रुपमा पनि आफ्नो पक्षमा नै बहुमत रहको दाबीसमेत गरे । अध्यक्ष भट्टराईले अर्का अध्यक्ष यादव पक्षले बैठक अवैध भनेकोप्रति लक्षित गर्दै यादव पक्षले इतिहासलाई भुलेर गरेको कुराको कुनै सत्यता नरहेको जिकिर गरे ।
अध्यक्ष भट्टराईले तत्कालीन कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर अलिग्गएपछि खालि रहेको पदमा समेत जनजातीलाई राख्ने आफ्नो प्रस्तावलाई अध्यक्ष यादवले नमानेको बताए । उनले पार्टी दर्ता गराउँदा देखेको आफ्नो सपनामा कुठाराघात भइरहेको बताए ।

अध्यक्ष भट्टराईले पार्टीमाथि ठूलो संकटको बादल मडारिएको उल्लेख गर्दै पार्टीलाई रुपान्तरण गरेर अघि बढ्न नसके झनै ठूलो दुर्घटना निम्तिने बताए । उनले अर्का अध्यक्ष यादवलाई नतर्सिन चुनौती दिँदै अवैध ढंगबाट गलत मनशायका साथ बोलाएको गुटको बैठकलाईमान्यता नदिने स्पष्ट पारेका छन् ।

अध्यक्ष भट्टराईले भने, ‘जनता समाजवादी पार्टी भनेको देशमा वैकल्पिक शक्तिको रुपमा स्थापना गरेको पार्टी हो । संख्याको बहुमत पनि हामीसँग छ । कथम कदाचित निरुपण हुँदै गएछ भनेपनि वैचारिक हिसावले यसको मुल मर्म हो, संघीयता, सुशासन, समाजवाद र समृद्धिको जुन मुल आधार तत्व हुन् त्यसलाई बचाएर पार्टीलाई जोगाएर ल्याउने श्रेय हामीलाई छ । हामी यहाँ छाँै । त्यसैले यो बैठक अवैध, आद इत्यादि भन्छन् भने तिनले जस्तो इतिहासलाई बंग्याउने काम, झुट बोल्ने काम कसैले पनि गरेको छैन । यो ठोकुवासाथ भन्न चाहन्छु । लुकाउने कुरा नै छैन ।’

उनले थपे, ‘हामीले यहाँ यसरी बैठक गरिरहेका छौँ, हाम्रो कार्यकारिणी अध्यक्ष उपन्द्र यादव ले आफ्नै ढंगले वीरगञ्जमा बैठक बोलाइ दिनुभयो । गत साल महन्थ ठाकुरजीले छोडेपछि एउटा कार्यकारिणी अध्यक्ष खाली थियो । मैले जनजाती एकजना जो भएपनि बनाउनुपर्छ भने तर मेरा मित्र उपेन्द्र यादवजीलाई डर थियो वा के थियो मान्नुभएन । अहिलेसम्म पनि मान्नुभएको छैन । हामीले देखेको पार्टीको सपनामा गम्भीर कुठाराघात भइरहेको छ । यो पार्टीमाथि ठूलो संकटको बादल मडारिएको छ । त्यसैको समाधान गर्न बिस्तारित बैठक बोलाएका छौँ ।’

उनले फेरि भने, ‘कुनैपनि बाआमाले आफ्नो सन्तानलाई मार्दैन । त्यसैले यो पार्टी हामीले जन्माएको हो, फुटबाट जोगाएको हो र अहिलेपनि पार्टीलाई रुपान्तरण गर्ने हाम्रो मनशाय हो । म मेरा मित्र उपेन्द्र यादवजीलाई अहिलेपनि नतर्सिन, नडराउन, हिम्मतका साथ फेस गर्न वैधानिक ढंगले बैठक राख्न चुनौती दिन्छु । तपाईले अवैध ढंगले, जुन गलत मनशायका साथ गुटको मात्रै बैठक अपायकमा राख्नुभएको बैठक तत्काल स्थगित गर्नुहोस् । यहाँ आउनुस् । तर स्वेच्छाचारी ढंगल हर्कत गर्नुहुन्छ भने त्यसलाई वैधता दिन सकिँदैन ।’

त्यस्तै अध्यक्ष भट्टराईले नेपालका दल र सरकार नसच्चिए श्रीलंकाकै बाटोमा देश पुग्ने दाबी गरे । उनले नेपालमा पनि सरकार र राजनीतिक दलहरुमा आसेपासे र अहंकारी प्रवृत्तिको विकास भइरहेको उल्लेख गरे । अध्यक्ष भट्टराईले राज्यसत्तामा गएकोले राज्य सत्ताको दुरुपयोग गरिरहेको उल्लेख गर्दै सत्तामा जाने भनेकै देश लुट्नका लागि भएको दाबी गरे ।

उनले भनेका छन्, ‘श्रीलंकामा राजापक्षे परिवारमा जे गरेपनि हुन्छ भन्ने अहंकार आएपछि देश कस्तो भयो, उनीहरुले जति भ्रष्टाचार गरे, आसोपासेलाई पदमा राखेर आएको परिणाम नेपालमा त भएको छैन ? यहाँ प्रत्येक पार्टीभित्र त्यही किसिमको आसेपासो भएको छ । राज्यसत्तामा गएकोले राज्य सत्ताको दुरुपयोग गरेको छ ।’

उनले थपे, ‘सत्तामा जाने भनेकै लुटेर धन कमाउने भएको छ । धन प्रयोग गरेर चुनाव जित्ने र फेरि राज्य सत्तामा पुगेर राज्यसत्ताको दुरुपयोग गर्ने यो दुश्चक्रमा नेपाल फसेको छ । नेपाल पनि त्यही गम्भीर संकटमा छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]