१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

जब वार्ड कार्यालय सडकमै संचालन भएपछि….

Logo
प्रकाशित मंगलबार, आषाढ २८, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२८ असार।
विगत भन्दा यसपालीको पालिका चुनावमा काम गर्ने जनप्रतिनिधिहरु प्रायःजसो चासो लिनुभएको देखिएको छ। जनतालाई आफुतर्फ तान्नै जस्ता कामहरु स्पष्ट हेर्न र सुन्न सकिन्छ। यस्तै, भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर नगरकोटका वडाअध्यक्ष धनबहादुर लामाले सडकमा कार्यालय सञ्चालन गर्नुभएको छ।

उहाँले सोमबारदेखि सांकेतिक विरोध स्वरुप सडकमा वडा कार्यालयको काम सुरु गर्नुभएको हो।

सडक निर्माणका लागि सरोकारवाला निकायमा पटक–पटक अनुरोध गर्दा पनि सडक लथालिङ्ग राखिएका कारण विरोध जनाउनुपरेको उहाँको भनाइ छ।

लामा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट सो वडाको अध्यक्षमा निर्वाचित हुनुभएको हो।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचनको परिणामपछि यही व्यवस्थाले २०८४ मा पनि नयाँ कुरा नहुने संकेत गरेको टिप्पणी गरेका छन् । इलाम २ मा जनमत पार्टीले ११८ मत (०.१७ प्रतिशत मत) र रास्वपाले ७.३ प्रतिशत मत ल्याएको उल्लेख गरेका छन् । डा.राउतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

काठमाडौं। माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो। प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ।