०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

जडीबुटी प्रशोधन केन्द्र तीन वर्षपछि पुनः सञ्चालनमा ल्याउने तयारी

Logo
प्रकाशित मंगलबार, आषाढ २८, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम, २८ असार। मधेस प्रदेशको जिल्ला धनुषाको मिथिला नगरपालिका–४, पुष्पवलपुरमा रहेको जडीबुटी प्रशोधन केन्द्र तीन वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ । २०७६ सालमा मधेश प्रदेश सरकारले भाटीघारी सामुदायिक वन उपभोक्ता समूह पुष्पवलपुरलाई जडीबुटी प्रशोधन गर्ने मेसिन उपलब्ध गराएको थियो ।
तीन महिनासम्म सञ्चालन गरिएको जडीबुटी प्रशोधन केन्द्र कोभिड–१९ का कारण बन्द गरिएको थियो । बन्द अवस्थामा रहेको सो प्रशोधन केन्द्रमा रहेको मेसिन मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउने तयारी भएको छ ।

वन उपभोक्ता समूहका अध्यक्ष श्याम गोलेले यस प्रशोधन केन्द्रमा मेन्था, क्यामामाइल, सिट्रोनेला, तमारोजा, लेमनग्रास र कडी पत्ताको तेल उत्पादन गरिने बताउनुभयो । उहाँले यहाँ उत्पादित तेल डाबरलगायत विभिन्न आयुर्वेदिक औषधि उत्पादक कम्पनीले खरिद गर्ने भएपछि बन्द अवस्थाको मेसिन पुनः चलाउने तयारी गरेको जानकारी दिनुभयो ।

प्रशोधन केन्द्र सञ्चालनमा आइसकेपछि वन उपभोक्ता समूह मातहत रहेको हरियाली समृद्ध महिला समूहलाई हस्तान्तरण गरेको अध्यक्ष गोलेले बताउनुभयो । प्रशोधन र तेल बिक्रीबाट भएको सम्पूर्ण आम्दानी महिला समूहकै हुने पनि अध्यक्ष गोलेले जानकारी दिनुभयो ।

तेल उत्पादन गर्न चाहिने जडीबुटीका बिरुवा सामुदायिक वनमै उमारिएको जानकारी दिँदै अध्यक्ष गोलेले, भन्नुभयो, “यसलगायत वन समूहसँग आबद्ध महिला समूह र स्थानीयवासीले निजी जग्गामा उत्पादन गरेको कच्चा पदार्थसमेत खरिद गरेर तेल उत्पादन गरिनेछ ।” धनुषामा तीनवटा जडीबुटी प्रशोधन केन्द्र छ । तीमध्ये दुईवटा निजी र यो एउटा मात्र समुदायमा आधारित जडीबुटी प्रशोधन केन्द्र रहेको पुष्पवलपुरका राजकुमार आलेमगरले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]