२१ भाद्र २०८१, शनिबार
07-09-2024 , Sat
×

धनुषामा एक जना मृत अवस्थामा फेला,नाम र थर अहिलेसम्म खुलेको छैन

Logo
प्रकाशित बुधबार, साउन २२, २०७६

जनकपुरधाम।धनुषाको गणेशमानचारनाथ नगरपलिका वाड नं.७ गोदारमा एक जना मृत अवस्थामा फेला परेको छ।नाम र थर अहिलेसम्म खुलेको छैन।

स्थानीय गुम राज अधिकारीको धान खेतमा शव देखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेका थिए । ईलाका प्रहरी कार्यलय ढल्केवरका प्रमुख सरोज राईका अनुसार शवको पहिचान गर्न नसकिने अवस्थामा भेटिएकाले शव कस्को हो भनेर थाहा हुन नसकेको जानकारी दिए।

शवलाई पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याएको छ।घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ, १८ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना तीव्रगतिमा अगाडि बढिरहेको जानकारी दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले गर्नुभएको प्रश्नको उत्तर दिँदै उहाँले मेलम्चीको पानी बाह्रै महिना उपत्यकावासीको धारामा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो । मन्त्री यादवले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता […]

सुनसरी, १८ भदौ। भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । धरान–१३ की राधिका लिम्बू घरभित्र पानी पसेपछि घर सफा गर्न दुई दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी पर्न थालेपछि राति घरमा सुत्न सकिँदैन कतिबेला बाढी आएर बगाउँछ भन्ने […]

कञ्चनपुर, १८ भदौ। जिल्लाको बेलौरी नगरपालिका–७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट ब्रुमाइज पाइथान (अजिङ्गर)को उद्धार गरिएको छ । मध्य ब्रुमाइज पाइथन (अजिङ्गर) प्रजातिको अजिङ्गरको आज साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वनका अध्यक्ष पविराम थारुले जानकारी दिनुभयो । बेलौरी–३ का वडा सदस्य कमानसिंह चौधरीका अनुसार उद्धार गरिएको अजिङ्गरको तौल ३५ […]