१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

आज बुधबारको दिन भगवान  कृष्णको दर्शन संगै असार २९ गतेको राशिफल

Logo
प्रकाशित बुधबार, आषाढ २९, २०७९

न्युजमधेस डेस्क
राशिफल,२९असार बुधबार।
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष :प्रशन्नता मिल्नेछ। अरुलाई बुझाउन सक्ने क्षमता प्राप्त हुनेछ। स्वास्थ्यमा भने समस्या देखिनेछ। राजनीति, आर्थिक, सामाजिक क्षेत्र अब्बल रहनेछन्। प्रेममा सफलता मिल्नेछ।

वृष : बोल्दा ख्याल गर्नुहोला। अरु क्षेत्र यथास्थितीमा छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। पठनपाठनमा जोशजाँगर बढ्नेछ। प्रेममा धोका पाइनेछ।

मिथुन : विजय प्राप्त हुनेछ। रोगको प्रकोप बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्नेछ। प्रेममा गढबढ हुनेछ।

कर्कट : हर्ष बढ्नेछ। आकस्मिक लाभ मिल्नेछ। रोगबाट मुक्ति पाउने योग छ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। प्रेममा सफलता मिल्नेछ।

सिंह : स्वास्थ्यमा सुधार हुनेछ। खुसी मिल्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र यथास्थितीमा रहनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। प्रेममा सफलता मिल्नेछ।

कन्या : आज सुरु गरेको काममा सफलता मिल्नेछ। अध्ययन अध्यापनमा राम्रो नतिजा प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा मन जानेछ।

तुला : आयआर्जन बढ्नेछ। मनमा खुसी मिल्नेछ। आज सबै क्षेत्र यथास्थितीमा रहनेछ। सामाजिक क्षेत्रमा भने मानसम्मान मिल्ने योग रहेको छ।

वृश्चिक : कर्म क्षेत्र अब्बल रहनेछ। रोगबाट मुक्त हुने सम्भावना छ। हनुमानलाई स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ।

धनु : बोलीको प्रभावले साथीभाइ रिझाउन सक्नुहुनेछ। मानसम्मान बढ्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। प्रेममा सफलता प्राप्त हुनेछ।

मकर : सोचेर मात्र बोल्नुपर्नेछ। दैनिकी आनन्दमय चल्नेछ। भूमीसम्बन्धी काम गर्ने हो भने सोचेभन्दा राम्रो उन्नती हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

कुम्भ : इष्टमित्रसँगको भेटले मन प्रशन्न हुनेछ। आफन्तबाट ठूलो सहयोग मिल्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र यथास्थितीमा रहेपनि धार्मिक क्षेत्रमा मन जानेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। प्रेममा बाह्य हस्तक्षेप बढ्नेछ।

मीन : आफन्तको सहयोग मिल्नेछ। अन्य क्षेत्र सामान्य रहेपनि व्यापार व्यवसायमा गरेको लगानीबाट उन्नती हुनेछ। पेटमा समस्या हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]