१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

नवनिर्वाचित मेयर यादवको निर्देशनमा जनकपुरधामस्थित रहेको सबैला नपाको अघोषित कार्यालय सारियो

Logo
प्रकाशित बुधबार, आषाढ २९, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२९ असार। धनुषाको सबैला नगरपालिकाका नवनिर्वाचित मेयर कारीराम यादवको निर्देशनमा जनकपुरधामस्थित सबैला नगरपालिकाको अघोषित कार्यालय मंगलबार सारिएको हो।

विगत चार वर्षदेखि जनकपुरधाममा अघोषित रूपमा सञ्चालनमा रहेको जिल्लाको सबैला नगरपालिकाको कार्यालय सारिएको छ।

चार वर्षदेखि जनकपुरधाम उपमहानगरपालिका वडा नं.८ बजरंगचोकस्थित सबैलाका तत्कालीन मेयर विजयशंकर साह र प्रशासकीय अधिकृत राजबाबु पुडासैनीले एक घरमा कोठा भाडामा लिई अघोषित कार्यालय राखेका थिए ।

प्रशासकीय अधिकृतको डेराका लागि नगरपालिकाले मासिक १५ हजार रुपैयाँ भाडामा लिएको सो घरमा अघोषित रुपमा कार्यालय सञ्चालन गरिएको थियो।

नगरपालिकामा हुनुपर्ने महत्त्वपूर्ण कागजात, अभिलेख ठूलो मात्रामा यसै डेरामा राखेको पाइएको छ।

टिपर र ट्याक्टरको प्रयोग गरी सम्पूर्ण सरसामान नगरपालिका कार्यालयमा ओसारिएको हो ।

अघोषित कार्यालय खाली गराएर सबै कागजात, फर्निचर, प्रिन्टरलगायत सबै सामान मेयर यादवको निर्देशनमा नगरपालिका कार्यालय लगिएको छ। एक कर्मचारीका अनुसार आर्थिक वर्ष २०७७।०७८ को महालेखा परीक्षण भएको नगरपालिकाको सबै फाइल यस अघोषित कार्यालयमा राखिएको थियो ।

संघीयता आएपछि गाउँगाउँमा सिंहदरबार भनिए पनि कतिपय पालिकाका प्रमुख र प्रशासकीय अधिकृत मिलेर सहरमा अघोषित कार्यालय सञ्चालन गर्ने गरेको पाइएको छ।

मोटो कमिसनको सेटिङ गरेर गोप्य तरिकाबाट कागजात मिलाएर यस्तै अघोषित कार्यालयबाट कामकाजसहित चेक काटेर भुक्तानी दिने गरिन्छ। कार्यालयमा सेवाग्राही पुग्दा कागजात अभिलेखको कारण कर्मचारीले काममा आलटाल गर्ने प्रवृत्ति बढेको छ।

सो परम्परालाई सबैलाका नवनिर्वाचित मेयर यादवले तोडेका हुन्।

जनताको बहुमूल्य महत्त्वपूर्ण कागजात, अभिलेख, फर्निचरजस्ता सार्वजनिक सम्पती नगरपालिका कार्यालयमै हुनुपर्ने भएकाले अघोषित कार्यालय खाली गरेको मेयर यादवले बताए ।

सरकारी कागजात अवैध रुपमा बाहिर राख्ने र कार्यालयमा आएका सेवाग्राहीको काम नगरी सास्ती दिने गरेकाले थाहा पाएपछि जनकपरमा संचालित अघोषित कार्यालय सारिएको मेयर यादवले बताए ।(टुडेपाटी)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]