२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

नागरिकता समस्या समाधान गर्न नेपाल–भारतबीचको खुला सीमा बन्द गर्न सरकारसँग माग

Logo
प्रकाशित बुधबार, आषाढ २९, २०७९

न्युजमधेस डेस्क
काठमाडौ, २९असार।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता समस्या समाधानका गर्नका लागि नेपाल–भारतबीचको खुला सीमा बन्द गर्न सरकारसँग माग गरेका छन् । सांसद सुवालले जन्मको आधारमा नेपाली नागरिकता पाएकोहरुको तत्काल छानबिन गरी विदेशीले पाएको भए खारेज गर्न पनि सरकारलाई दवाव दिए ।

बुधबार प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ मा विरोधको सूचना पेश गर्दै उनले नेपालीसँग विवहा गरेका नेपाली नागरिकलाई २० वर्ष निरन्तर नेपालमा बसोबास गरेको र नेपालको कुनै एउटा भाषा र संस्कृतिमा लिखित परीक्षा र अन्तरवार्ता उर्तिण गरेकालाई नेपालको कृतिम नागरिकता दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए ।

सांसद सुवालले संघ र प्रदेशको अलग–अलग नेपालको नागरिकताको व्यवस्था गर्नु उचित हुने धारणा समेत राखे । उनले भने, ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ मा विरोधको सूचना पेश गरेको छु । नेपाली नागरिकता नेपाली जनताले पाउनुपर्छ । र, यो नागरिकता समस्या समाधान गर्न नेपालको खुला सीमा बन्द हुनुपर्छ । र, यसको सिमानालाई नियमन गर्न जरुरी छ । त्यस्तै बुबा र आमा दुवै नेपाली नागरिकका छोराछोरीलाई मात्र बंशजको नेपाली नागरिकता उपलब्ध गराउने व्यवस्था हुनुपर्छ ।’

उनले थपे, ‘निर्वाचन, सरकारी सेवा, राजनीतिक मनोनयन र नियुक्ती, कूटनीतिक नियुक्ती, उद्योग, व्यापारको लागि वंशजको नेपाली नागरिक हुनुपर्ने बन्दोबस्त हुनुपर्छ । विदेशीले समेत जन्मको आधारमा नेपाली नागरिकता पाएको छानवीन गरी विदेशीले पाएको नागरिकता खारेज हुनुपर्छ । र, नेपालीसँग विवाह गरेका विदेशी नागरिकलाई नेपालमा निरन्तर बसोबास गरेको २० वर्ष पछि मात्र कृतिम नेपाली नागरिकता उपलब्ध गराउन सक्ने र यस्तो नेपाली नागरिकता उपलब्ध गराउनु अघि विदेशी नागरिकले नेपालको कुनै भाषा र संस्कृतिबारे लिखित परीक्षा र अन्तरवार्ता उतीर्ण गर्नुपर्ने व्यवस्था जरुरी छ । र, नेपाली नागरिकता प्रमाण पत्रको लिंग महलमा पुरुष वा महिला बाहेक अन्य लिंग उल्लेख गर्न चिकित्सा विज्ञानले प्रमाणित गरेको हुनुपर्छ ।’

उनले फेरि भने, ‘नागरिकता विधेयक देशको सार्वभौमिकतासँग समेत सम्बन्धित भएको हुँदा स्थानीय तहका जनतासँग समेत छलफल गरी सुझाव लिएर मात्र यसलाई अगाडि बढाउन मिल्छ । दुई देशको नागरिकताको व्यवस्था गर्नु देशको सार्वभौमिकताका लागि हानिकारक हुने भएकाले तत्काललाई गैरआवासीय नेपाली नागरिकको व्यवस्था खारेज गर्नु जरुरी छ । बुबाको पहिचान खुल्न नसकेका व्यक्तिको हकमा सो घोषणाको आधारमा नेपाली नागरिकता दिने प्रावधान देशको हितमा हुनेछैन । पित्रृत्व र मातृत्वको ठेगाना नभएकालाई वंशजको नेपाली नागरिकता दिनुपनि देशको हितमा हुनेछैन । संघ र प्रदेशको अलगअलग नेपालको नागरिकताको व्यवस्था गर्नु उचित हुनेछ ।’

सांसद सुवालले नागरिकता विधेयक देशको सार्वभौमिकतासँग जोडिएकाले स्थानीय तहका जनताको सुझावलाई समेत लिएर अघि बढाउन उपयुक्त हुने बताए ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]