२९ चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुटिए

Logo
प्रकाशित बुधबार, आषाढ २९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२९ असार । धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी आफ्नै कर्मचारीबाट पिटिएका छन् ।

बुधबार दिउँसो गाउँपालिकामा कार्यरत करार कर्मचारीले जोशीमाथि हातपात गरेको गाउँपालिका अध्यक्ष रामअशिष महतोले जानकारी दिए । उनका अनुसार ३ जना करार कर्मचारीले एक्कासी उनीमाथि हातपात गरेका छन् ।

‘म एउटा काम लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगर गएको थिएँ, त्यही बीचमा घटना भएको रहेछ’ अध्यक्ष महतोले भने, ‘घटना हुनुका कारण बुझ्न सकेको छुइनँ ।’

जोशीले आफूहरुलाई गालीगलौज गर्दै हातपात गर्न खोजेपछि घटना भएको नाम नबताउने शर्तमा एक जना कर्मचारीले बताएका छन् ।

गाउँपालिका अध्यक्ष महतोले घटनाको वास्तविकता बुझ्न नसेकेको र बुधबार यस बिषयमा छलफलको समय तोकिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]