१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

चुरे तथा वन जंगल संरक्षण अभियानिद्वारा आज जनकपुरधाम बन्द गर्ने घोषणा

Logo
प्रकाशित बिहिबार, आषाढ ३०, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,३० असार।
चुरे तथा वन जंगल संरक्षण अभियान समितिले चुरे जोगाउन माग गर्दै झाडु जुलुस निकालेका छन् ।

जनकपुरधाममा बुधबार अभियानमा सहभागी महिलाहरुले झाडु बोकेर विरोध प्रदर्शन गरेका हुन । प्रदर्शनको क्रममा उनीहरुले मधेश प्रदेश सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए । रेल्वे स्टेशनबाट शुरु भएको प्रदर्शन जनकपुरधामको विभिन्न चौकको परिक्रमा गरेको छ । चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल कुमार यादवले विगतमा प्रदेश सरकारले गरेको सम्झौता कार्यान्वयन नहुँदा पुनः आन्दोलन भएको जनाए । उनका अनुसार सुकुम्वासीको नाउँमा गलत व्यक्तिले चुरे तथा वनजंगलको जग्गा अतिक्रमण गरिरहेका छन् । सरकारलाई त्यसतर्फ पनि ध्यानाकर्षण गराउन र वास्तविक भूमिहीनलाई जग्गा दिलाउन प्रदर्शन भएको उनले बताए । चुरे तथा वनजंगल संरक्षण अभियानका प्रतिनिधिहरु ०७८ भदौमा अनसन बसेका थिए । सोही क्रममा प्रदेश सरकारले भदौ ४ गते तीन बुंदे सम्झौता गरेको थियो । सरकारले गरेको सम्झौता अविलम्व सार्वजनिकगरी कार्यान्वयन गर्नुपर्ने, तराई मधेशका भूमिहीन दलित र सुकुम्वासीलाई जग्गा उपलब्ध गराउनु पर्ने माग पुनः अभियानले अगाडि सारेका छन् । अव्यवस्थित वसोबासीहरु भूमि अधिकारबाट वञ्चित रहेको हुनाले तत्काल भूमि अधिकार दिनुपर्नेमा जोड दिइएको छ । स्थानिय सरकारद्वारा उठीवास लगाउने कार्य बन्द गर्नुपर्ने र वनजंगल तथा चुरे क्षेत्रमा आयोगको मिलेमतोमा भइरहेको अतिक्रमण रोक्नुपर्ने माग पनि गरिएको छ ।

आयोगले वास्तविक भूमिहीन, दलितलाई जग्गा नदिएर नक्कली धनाढय व्यक्तिलाई दिने गरेको अभियानको आरोप छ । आयोगकै पदाधिकारीको संलग्नतामा चुरे मास्ने काम भइरहेको उनीहरुको ठहर छ । अभियानले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा, उद्योग वाणिज्य संघ जनकपुरधाम र राजनीतिक दलका प्रतिनिधिलाई एकसाथ ध्यानाकर्षणपत्र बुझाएको थियो । त्यस्तै हिजो (मंगलबार) लालटेन जुलुस निकालेर सरकार विरुद्ध प्रर्दशन गरेका थिए । अभियानले बुधबार (आज) असार २९ गते झाडु जुलुस निकालोको छ भने भोली ३० गते बिहीबार जनकपुरधाम बन्द गर्ने कार्यक्रम घोषणा गरेको छ । चुरे संरक्षणमा जोड दिए पनि हरेक वर्ष चुरे विनाश भइरहेको छ । चुरेलाई जोगाउन नसकिए सम्पूर्ण तराई मधेश आगामी केही वर्षमा मरुभूमि हुने विज्ञहरुले चेतावनी दिन थालेका छन् । चुरे विनाशको प्रमुख कारण सरकारको अदूरदर्शी विकास योजना, ठेकेदारहरुसितको साझेदारी रहेका छन् । चुरे संरक्षणको कुरा गर्ने नेताहरुकै संरक्षणमा अवैध रुपमा उत्खनन भइरहेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]