१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

तरकारी किन्न गएका साहको शव किनारामा ढलेको अवस्थामा फेला

Logo
प्रकाशित बिहिबार, आषाढ ३०, २०७९

न्युजमधेस डेस्क
सिरहा,३० असार। मधेस प्रदेश जिल्लाको सिरहामा तरकारी किन्न गएका युवकको शव फेला परेका छन्।

जिल्लाको मिर्चैया नगरपालिकामा एक युवकको शव फेला परेको छ। मिर्चैया नपा ९ घुर्मिचौकदेखि सय मिटर उत्तर सडक किनारमा मिर्चैया नपा ९ ढोढ्ना फत्तेपुरका २९ वर्षिय जीवन साहको शव भेटिएको हो।

हिजो अपरान्ह घरबाट प्र. २–०१–००३ प ३२४८ नम्वरको मोटरसाइकलमा तरकारी किन्न मिर्चैया बजार हिडेका साहको शव आज विहान स्थानियले सडक छेउमा देखेपछि प्रहरीलाई खवर गरेको थिए। उनी चढेको मोटरसाईल सडको अर्को किनारामा ढलेको अवस्थामा भेटिएको छ।

जानकारी पाउनासाथ तत्काल पुगेका प्रहरीले मोटरसाइकल अनियन्त्रीत भएर लडेको हुनसक्ने अनुमान गरेपनि घटना सङ्कास्पद रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिवहादुर ओलीले जानकारी दिए।

उनले तत्काल घटनाको प्रकृति हेर्दा मोटरसाइकल अनियन्त्रीत भएर दुर्घटना भएको जस्तो देखिएपनि आशङ्का गर्ने ठाउँ रहेको जनाए। उनले घटनाबारे थप अनुसन्धान भईरहेको जनाए।

घरबाट हिजै निस्केकाभएपनि गाउँबाट जन्ती जाने भएकाले जन्ति गएको हुन सक्ने भन्दै घरपरिवारले खोजी नगरेको बताएको छ। उनीहरुले विहान प्रहरीले खवर गरेपछिमात्र घटनाबरे जानकारी पाएको जनाए।

उनको मोटरसाइकलमा तरकारी सहितको झोला समेत भेटिएको छ। त्यसैले उनी तरकारी किनेर घर फर्किने क्रममा नै घटना भएको अनुमान गरिएको छ। प्रहरीले पनि राती नै घटनाभएको हुन सक्ने बताए।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]