२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

भिआइपीहरुको सेवा सुबिधा खारेजीको माग गर्दै धरानमा आन्दोलन सुरु

Logo
प्रकाशित बिहिबार, आषाढ ३०, २०७९

न्युजमधेस डेस्क
धरान,३० असार। भिआइपीहरुको सेवा सुबिधा खारेजीको माग गर्दै आन्दोलन सुरु भएको छ।

सुकुम्बासीहरुको सस्था नेपाल बसोबास बस्ती संरक्षण समाजले देशमा आर्थिक संकट परेको भन्दै भिआइपीहरुको सेवासुबिधा खारेजीको माग राखेर आन्दोलन सुरुभएको छ।

समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीको नेतृत्वमा धरानका भुमिहिन सुकुम्बासीले देशलाई आर्थिक संकटबाट बचाउन बिआइपीहरुको सेवा सुबिधा खारेजीको माग गरेका छन।

भिआइपीहरुको सेवा सुबिधा खारेज गर, देशलाइ माया गर केखेका ब्यानर र प्लेकार्ड बिकेका सुकुम्बासीहरुले धरानको भानुचोकमा धर्ना दिएर बिरोध जनाएका छन।

समाजका अध्यक्ष कार्कीले देश आर्थिक संकट्ले श्रीलंका जस्तै बन्न लागेकाले भिआइपीहरुलाइ दिदै आएको सेवा सुबिधा खारेज गर्नु पर्ने बताए।

भिआइपीलाइ दिएको सेवा सुबिधा खारेज गरिए देश आर्थिक संकट बाट जोगिने उनको भनाइ छ।

कार्कीले देअहलाइ माया गर्ने भिआइपी सुबिधा लिनेहरुलाइ तत्काल आफुले लिदै आएको सुबिधा सरकारलाइ फिर्ता गर्न पनि अनुरोध गरेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]