१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

जनकपुर बजार बन्द गराएको आरोपमा १२० जना पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ ३०, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,३० असार।
विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका १२० जना बढी चुरे तथा वन जंगल बचाउ अभियन्ता र सुकुमबासी पक्राउ परेका छन् ।

बिहिबार जनकपुर बजार बन्द गराएको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

सुकुमबासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहदा पनि सरकारले ध्यान नदिएको, सुकुमबासीलाई जग्गा नदिएको भन्दै यसअघि आन्दोलन गर्दै आएका उनीहरूले बिहीबार जनकपुरधाम बन्दको घोषणा गरेका थिए ।

घोषणा अनुसार बजार बन्द गराउदै हिडेका १२० जना बढीलाई प्रहरीले पक्राउ गरेको हो । नियन्त्रणमा लिइएकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]