११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

जनकपुरबाट पक्राउ परेका १२१ जना अभियानी रिहा

Logo
प्रकाशित शुक्रबार, आषाढ ३१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,३१ असार।चुरे तथा वन जंगल संरक्षण अभियान समितिका पक्राउ परेका १२१ जना रिहा भएका छन् ।

विहीबार जनकपुरधाम बजार बन्दको घोषणा गरेका अभियानीहरु बजार बन्द गराउन गराएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेका थिए ।

पक्राउ परेकाहरुलाई बिहीबार बेलुकानै रिहा गरिएको छ । विहान १२ बजे जनकपुरधामको विभिन्न चोकबाट पक्राउ परेका उनीहरुलाई दिनभरी प्रहरीले नियन्त्रणमा लिएर हिरासतमाराखेका थिए । उनीहरु चार दिनदेखि चुरे तथा वन जंगल बचाउन माग गर्दै सरकारविरुद्ध प्रर्दशन गर्दै आएका थिए ।

सोही क्रममा बिहीवार अर्थात चौथो दिन समितिले पूर्व घोषणा अनुसार बजार बन्द गराउने प्रयास गरेका थिए । उनीहरुको घोषित कार्यक्रम सबै सम्पन्न भइसकेकाले विना सर्त रिहा गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक राइले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिदासमेत कुनै प्रकारको वधा अवरोध नभएको उनले बताए ।

मधेशका जिल्लाहरुमा चुरे तथा वन जंगलको जग्गा भू–माफियाले अतिक्रमण गरेको चुरे तथा वन जंगल संरक्षण अभियान समितिको आरोप छ ।

सुकम्बासीको नाममा भू– माफियाहरुले वन जंगल फडानी गरी जग्गा कब्जा गरेको समितिको ठहर छ । सोही अतिक्रमित जग्गा बचाउन समितिका प्रतिनिधिहरु पटक–पटक आन्दोलित हुँदै आएका छन् । ०७८ भदौं ४ गते उनीहरु आमरण अनसन बस्दा प्रदेश सरकारले तीन बुंदे सम्झौता गरेको थियो ।

छानविन समिति गठन गरी अतिक्रमित जग्गा बारे प्रतिवेदन बनाएर कारवाही गर्ने, वास्तविक सुकुम्बासीको लागि जग्गा दिलाउन पहल गर्ने र वन फडानी गर्नेहरुलाई कानुनी कारवाही गर्ने प्रदेश सरकारले आश्वासन दिएको थियो ।

सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेको हुनाले पुनः समितिका प्रतिनिधिहरु सरकारविरुद्ध आन्दोलित भएका छन् । पहिलो दिन उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वन कार्यालयलाई ध्यानाकर्षण स्वरुप ज्ञापनपत्र बुझाएका थिए । दोस्रो दिन लालटेन, तेस्रो दिन झाडु जुलुस र चौथो दिन जनकपुरधाम नगर बजार बन्द गर्ने उनीहरुको कार्यक्रम थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]