१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

मतदाता नामावली संकलनको समय थप गर्न जनमत पार्टीको माग

Logo
प्रकाशित शुक्रबार, आषाढ ३१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३१ असार। मतदाना नामावली संकलन कार्यका लागि समय थप गर्न जनमत पार्टीले माग गरेको छ । मधेश प्रदेश निर्वाचन कार्यालयमार्फत ज्ञापन पत्र बुझाउँदै जनमत पार्टीले धेरै जना योग्य नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्न छुटेकोले समय थप गर्न माग गरेको हो ।

शुक्रबार मधेश प्रदेश निर्वाचनका प्रमुख श्रीधर पन्थीलाई ज्ञापन पत्र बुझाँउदै जनमत पार्टीले अहिले पनि जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावलीमा नाम समावेश गराउनेहरुको भिड बढी रहेकोले समय थप गर्न माग गरेको हो ।

साथै जनमत पार्टीले पालिका स्तरमा पुगेर पनि फोटो सहितको मतदाता नामावली संकलन गर्न माग गरेको नेता बीपी साहले जानकारी दिएका छन् । स्थानीय स्तरमा प्रचारप्रसार नहुदा धेरै योग्य नागरिकहरुलाई मतदाता नामावलीमा नाम लेखाउने कार्य बारे जानकारीसमेत नभएकोले स्थानीय स्तरमा प्रचार प्रसार गर्न पार्टीले माग गरेको साहले बताए ।

यसैगरी जनमत पार्टीले मधेश प्रदेशलगायतमा पनि अनलाइन प्रणालीबाट मतदाता नामावली संकल गर्न माग गरेको छ । नेता साहले भने,‘विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार दिने कुरा हुँदै आएको छ । त्यो पनि गरिनु पर्छ । तर, तत्काल विदेशमा रहेका योग्य नागरिकहरुलाई मतदाता नामावलीमा नाम समावेश गर्ने व्यवस्था मिलाइनु पर्छ । दूतावास अथवा अनलाइनमार्फत भएपनि विदेशमा रहेका नेपालीहरुको नाम मतदाता नामावलीमा समावेश हुनु पर्छ ।

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अघि मतदाता नामावली संकलन भइरहेको छ । असार मसान्तसम्म मात्र नाम संकलन हुने निर्वाचन आयोगले जनाएको छ । तर, निर्वाचन कार्यालयहरुमा अहिले पनि मतदाता नामावलीमा नाम लेखाउनेहरुको निकै भिड देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]