२० साउन २०८२, मंगलबार
05-08-2025 , Tue
×

बागमतीमा हराएको शव फेला, गाउँपालिका पुरै शोकमग्न

Logo
प्रकाशित शुक्रबार, आषाढ ३१, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,३१असार।

बिहीबार बागमती नदिमा पौडी खेल्ने क्रममा वेपत्ता भएका २ बालकहरू शव फेला परेको छ। बिहीबार बिहान विद्यालय जाने क्रममा ६ जना बालकहरू दुर्गा भगवती गाउँपालिकामा रहेको बागमतीमा पौडी खेल्न ग‌एकाको २ जना नदीमा डुबेर हराइरहेका थिए ।

लामो समयसम्म बालकहरू घर नफर्किएपछि अभिभावक र स्थानीयले खोजतलास गर्दा बागमती नदीको किनारमा उनीहरुले प्रयोग गरेका लुगा, साइकल , पाठ्यपुस्तक, चप्पल लगायतका सामाग्रीहरु फेला परेपछि सुरक्षाकर्मीको सहयोगमा बागमती नदीमा खोजतलास सुरु गरेको दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले जानकारी दिए ।

अध्यक्ष सिंहका अनुसार साथीहरु नदीमा हराएका डराएर लुकेर बसेका ६ जनामध्ये ४ जना दुई घण्टापछि अभिभावकको सम्पर्कमा आएका थिए भने हराएका २ जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले बिहीबार राति अबेरसम्म खोजतलास गर्दा केही नभेटिए पछि शुक्रबार बिहानैदेखि खोजतलास गरिएको थियो । सोही क्रममा शुक्रबार बिहान हराइरहेका २ जनाको बालकको शव फेला परेको हो ।

ज्ञानोदय ईगलिश बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका १३ वर्षीय हर्ष झा र वडा नम्बर २ भलोहियाका १३ वर्षिय आदित्य दासको शव फेला परेको अध्यक्ष सिंहले जानकारी दिए ।

घटनास्थलमै रहेका दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष डिके झाका अनुसार हराइरहेका बालकहरूको शव हराएको स्थानबाट करिब ३ किलोमिटर टाढा बेग्लाबेग्लै स्थानमा फेला परेको थियो। एकजना शव मत्सरी र एकजनाको वडर्वामा फेला परेको हो । २ बालकहरूको मृत्यु पछि दुर्गा भगवती गाउँपालिका पुरै शोकमग्न भएको उनले बताए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]