०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

दुई वटा मोटरसाइकल एक-आपसमा ठोक्किँए, दुई जना गम्भिर घाईते

Logo
प्रकाशित शनिबार, आषाढ ३२, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम, ३२असार।
धनुषामा दुई मोटरसाइकल एक-आपसमा ठोकिँदा दुई जना गम्भीर घाइते भएका छन्।

जिल्लाको मिथिला नगरपालिका स्थित नक्टाझिझमा तीव्र गतिमा रहेको मोटरसाईकल दुर्घटना हुँदा दुई जना पुरुष गम्भिर घाईते भएका हुन्।

आज(शनिबार) बिहान करिब ८ बजेको समयमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझस्थित तीव्र गतिमा रहेको मोटरसाईकल दुर्घटना हुँदा दुई जना गम्भिर घाईते भएका छन् ।

जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २–०२ ००४ प ६७४१ नम्बरको मोटरसाईकलले नक्टाझिझ चोकमा ज ११ प ६०९३ मा सवार बर्ष ६० का महेन्द्र महतोलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

६ लेनको बाटोमा सिँगल लेनतर्फ तीव्र गतिमा आएको पल्सर मोटरसाईकलले महेन्द्र महतोको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

उत्तर–दक्षिणतर्फ रहेको सो सडकखण्डमा पूर्वबाट पश्चिम तर्फ मोटरसाईकल घुमाउन खोज्दा पल्सरबालाले ठक्कर दिएको थियो ।

ठक्करदिएपछि दुवै जना गम्भिर घाईते बनेका छन् । पल्सर चालकको नाम अझै खुल्न सकेको छैनन् भने दुवै जनालाई उपचारको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पुरयाएको प्रहरीले जनाएको छ ।

सिँगल भएको कारण विपरित दिशाबाट कुनै सवारी अवरोधन नै नगर्ने मानसिकताले तीव्र गतिमा सवारी चलाउँदै आएको सो सडकखण्डमा सबभन्दा बढी दुर्घटना नक्टाझिझमै हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]