३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

पर्सामा जसपाका केन्द्रीय सदस्यसहित ६९ जनाद्वारा पार्टी परित्याग

Logo
प्रकाशित शनिबार, आषाढ ३२, २०७९

न्यूजमधेश डेस्क
वीरगन्ज ,३१ असार। जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसहितका नेताहरूले पार्टी परित्याग गरेका छन्।

केन्द्रीय सदस्यद्वय वीरेन्द्र यादव र टेक बहादुर शाक्यसहित पर्सा क्षेत्र नम्बर ४ का ६९ जना नेताहरूले पार्टी परित्याग गरेका हुन्।

पार्टी परित्याग गर्ने नेताहरूमा केन्द्रीय सदस्यद्वय यादव र शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद,क्षेत्रीय अध्यक्ष लालबाबु साह, जिल्ला सदस्यहरू कृष्णमोहन यादव, राजवली यादव, प्रदीप चौधरी, चन्द्र नेवार, शोभा यादव, सत्यदेव प्रसाद यादव, कुमारी लामा तामाङ गरी ६९ जना रहेका छन्।

शनिबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर उनीहरूले जसपाको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको बताए।

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य यादवले पार्टी स्वेच्छाचारी र एकलौटी ढंगले सन्चालन गरिएको, पार्टीको नीति प्रति नेतृत्व तह स्पष्ट नभएको, पार्टीमा ठेकेदार र भ्रष्टचारी हाबी भएकोले आफूहरूले सामूहिक रूपमा राजीनामा दिएको बताए।

जसपा पार्टी देश र जनताको हितमा नभइ समिति आसेपासे र द्रब्यदारहरूको चंगुलमा फस्दै गएको ठहर गर्दै आफुहरूले पार्टी परित्याग गर्नुपरेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]