१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

गएराती आएको भीषण हावाहुरीले दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनामा क्षति

Logo
प्रकाशित शनिबार, आषाढ ३२, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,३२असार।
गएराती आएको भीषण हावाहुरीले एक दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनामा क्षति पुर्याएकाे छ।
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा हिजाे बेलुका आएको हावाहुरीले धेरै घरमा क्षति पुगेको बोगटान फुड्सिल गाउँपालिका–७ का वडाअध्यक्ष चन्द्रमान सुनारले जानकारी दिनुभयो।

हावाहुरीले घरको सिलेट खस्दा बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारा दाच्का बस्ने हिमाल कुडमालका तीन वर्षीय छोरा विजय कुडमाल गम्भीर घाइते भएका छन् । घरको आगनमा खेलिरहेका उनको टाउकोमा सिलेट खसेकाे थियाे।

घाइते विजयको चवरा चौतारा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । टाउँकोमा दुई ओटा घाउ लागेकाले एउटामा ३ र एउटामा एक गरेर ४ वटा टाका लगाइएको स्वास्थ्य चौकी प्रमुख प्रकाश विकले जानकारी दिनुभयो।

हावाहुरीकै कारण सबैभन्दा बढी चवराचौतारामा रहेका थुप्रै निजी तथा सार्वजनिक संरचनामा क्षति पुगेको बताइएको छ। यसैगरी रुख विद्युतका तारमा खस्दा र पोल ढलेका कारण वडा-७ मा विद्युत् अवरुद्ध भएकाे प्रहरी चौकी चमराचौताराले जनाएको छ । यसैगरी वडा नं ७ उमुडीका ४ घर चर्केर जोखिममा रहेका छन् ।

हावाहुरीले दर्जनौँ घरका छाना उडाएको र चवराचौतारा बजार क्षेत्रमा जडान गरिएका सौर्यबत्तीमा समेत क्षति पुर्याएको स्थानीयवासी उपेन्द्र धामीले बताउनुभयो । हावाहुरीकै कारण पीपलको रुख भाँचिदा चनुकाँडा आधारभूत विद्यालयको संरचनामा क्षति पुगेको छ ।

भान्सा कोठा, चार वटा शाैचालय र ३ कोठे विद्यालय भवनमा क्षति पुगेको स्थानीयवासी रबहादुर बमले जानकारी दिनुभयो।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]