१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

सबैला लगायत यी पालिकाले धमाधम हटाउँदै करार कर्मचारी

Logo
प्रकाशित शनिबार, आषाढ ३२, २०७९

न्युजमधेस डेस्क
धनुषा,३२ असार।
धनुषाको स्थानीय तहले धमाधम करारका कर्मचारी हटाउन थालेका छन् । जिल्लामा १८ वटा स्थानीय तहमध्ये सबैला नगरपालिका र बटेश्वर गाउँपालिकाले सूचना नै सार्वजनिक गरेर अस्थायी करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई हटाएका छन् ।

बटेश्वर गाउँपालिकाले असार २२ गते करारका कर्मचारीको म्याद थप नगर्ने तथा हाजिरीसमेत नगराउने निर्णयसहितको सूचना जारी गरेको छ ।

सबैला नगरपालिकाले असार २७ गते सूचना जारी गर्दै सम्पूर्ण अस्थायी करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई साउन १ गतेदेखि म्याद नहुँदासम्म कार्यालयमा हाजिर नगर्न र नगराउन मातहतका निकायका निर्देशन दिएको छ ।

बटेश्वर गाउँपालिकामा कार्यरत करारका कर्मचारीको म्याद थप नगर्ने निर्णण्विरुद्ध करार तथा दैनिक ज्यालादारीका कर्मचारीले बिरोध जनाएका छन् । करारका कर्मचारी लालबाबू महतोले करारका सबै कर्मचारीलाई एकै पटक हटाउनु कार्यपालिकाको गलत निर्णय भएको बताउनुभयो । उहाँले कार्यसम्पदानको मुल्याङ्कनको आधारमा हटाउन सकिने जानकारी दिनुभयो ।

मुल्याङ्कनको आधारमा जुन कर्मचारीले कामै नगरी तलबभत्ता खाइरहेको छ कार्यसम्पदान चित्तबुभ्mदो छैन त्यस्ता कर्मचारीलाई मात्र हटाउन पाउँछ । नियतवश करारका सबै कर्मचारी हटाउन म्याद थप नगर्ने निर्णय मान्य नहुने, महतोले भन्नुभयो ।

बटेश्वर गाउँपालिकाका अध्यक्ष राअशशिष महताले करारका कर्मचारीको साउन १ गते म्याद समाप्त भइरहेकोे जानकारी मात्रै गराएको बताउनुभयो । उहाँले पालिकामा २५ जना करारका कर्मचारी कार्यरत रहेको बताउँनुहँदै म्याद थप बारे कार्यपालिकाले निर्णय गर्ने जानकारी दिनुभयो ।

मानव अधिकारवादी दिपेन्द्र सिंहले कार्यसम्पादनको आधारमा कामै नगर्ने करारका कर्मचारीलाई हटाउन सक्ने प्रावधान भएपनि यसरी सूचना नै सार्वजनिक गर्नु मानव अधिकारीको उल्लघङ्न भएकोे बताउनुभयो । उहाँले यसरी कर्मचारी हटाएर नयाँ भर्ना गर्दा कार्यसम्पादनमा समस्या हुने हुँदा पुरानै कर्मचारीलाई अनुभवको आधारमा म्याद थप गर्नुपर्ने जानकारी दिनुभयो ।

मानअधिकारवादी सिंहले गृहमन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले कार्य प्रगति मुल्याङ्कन बिना करारका कर्मचारीलाई नटाउनु भनी पत्र पठाएको भएपनि स्थानीय तहबाट त्यसको वेवास्ता भएको भन्नुभयो ।

वैशाख ३० को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले आन्तरिक आयस्रोतबाट तलब भत्ता खाने गरी राखिएका कर्मचारीले पालिकाको आर्थिक व्ययभार बढाएकाले त्यस्ता कर्मचारीलाई हटाउन थालेका हुनसक्ने राजनीतिकर्मी मनोज महतोले बताउनुभयो । गोरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]