२४ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

सबैला लगायत यी पालिकाले धमाधम हटाउँदै करार कर्मचारी

Logo
प्रकाशित शनिबार, आषाढ ३२, २०७९

न्युजमधेस डेस्क
धनुषा,३२ असार।
धनुषाको स्थानीय तहले धमाधम करारका कर्मचारी हटाउन थालेका छन् । जिल्लामा १८ वटा स्थानीय तहमध्ये सबैला नगरपालिका र बटेश्वर गाउँपालिकाले सूचना नै सार्वजनिक गरेर अस्थायी करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई हटाएका छन् ।

बटेश्वर गाउँपालिकाले असार २२ गते करारका कर्मचारीको म्याद थप नगर्ने तथा हाजिरीसमेत नगराउने निर्णयसहितको सूचना जारी गरेको छ ।

सबैला नगरपालिकाले असार २७ गते सूचना जारी गर्दै सम्पूर्ण अस्थायी करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई साउन १ गतेदेखि म्याद नहुँदासम्म कार्यालयमा हाजिर नगर्न र नगराउन मातहतका निकायका निर्देशन दिएको छ ।

बटेश्वर गाउँपालिकामा कार्यरत करारका कर्मचारीको म्याद थप नगर्ने निर्णण्विरुद्ध करार तथा दैनिक ज्यालादारीका कर्मचारीले बिरोध जनाएका छन् । करारका कर्मचारी लालबाबू महतोले करारका सबै कर्मचारीलाई एकै पटक हटाउनु कार्यपालिकाको गलत निर्णय भएको बताउनुभयो । उहाँले कार्यसम्पदानको मुल्याङ्कनको आधारमा हटाउन सकिने जानकारी दिनुभयो ।

मुल्याङ्कनको आधारमा जुन कर्मचारीले कामै नगरी तलबभत्ता खाइरहेको छ कार्यसम्पदान चित्तबुभ्mदो छैन त्यस्ता कर्मचारीलाई मात्र हटाउन पाउँछ । नियतवश करारका सबै कर्मचारी हटाउन म्याद थप नगर्ने निर्णय मान्य नहुने, महतोले भन्नुभयो ।

बटेश्वर गाउँपालिकाका अध्यक्ष राअशशिष महताले करारका कर्मचारीको साउन १ गते म्याद समाप्त भइरहेकोे जानकारी मात्रै गराएको बताउनुभयो । उहाँले पालिकामा २५ जना करारका कर्मचारी कार्यरत रहेको बताउँनुहँदै म्याद थप बारे कार्यपालिकाले निर्णय गर्ने जानकारी दिनुभयो ।

मानव अधिकारवादी दिपेन्द्र सिंहले कार्यसम्पादनको आधारमा कामै नगर्ने करारका कर्मचारीलाई हटाउन सक्ने प्रावधान भएपनि यसरी सूचना नै सार्वजनिक गर्नु मानव अधिकारीको उल्लघङ्न भएकोे बताउनुभयो । उहाँले यसरी कर्मचारी हटाएर नयाँ भर्ना गर्दा कार्यसम्पादनमा समस्या हुने हुँदा पुरानै कर्मचारीलाई अनुभवको आधारमा म्याद थप गर्नुपर्ने जानकारी दिनुभयो ।

मानअधिकारवादी सिंहले गृहमन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले कार्य प्रगति मुल्याङ्कन बिना करारका कर्मचारीलाई नटाउनु भनी पत्र पठाएको भएपनि स्थानीय तहबाट त्यसको वेवास्ता भएको भन्नुभयो ।

वैशाख ३० को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले आन्तरिक आयस्रोतबाट तलब भत्ता खाने गरी राखिएका कर्मचारीले पालिकाको आर्थिक व्ययभार बढाएकाले त्यस्ता कर्मचारीलाई हटाउन थालेका हुनसक्ने राजनीतिकर्मी मनोज महतोले बताउनुभयो । गोरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]