०८ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
×

ढल्केवर–जनकपुर सडकखण्डमा सवारी दुर्घटना हुँदा एक कपडा व्यापारीको मृत्यु

Logo
प्रकाशित आइतबार, साउन ०१, २०७९

 

न्युजमधेस डेस्क
जनकपुरधाम,१श्रावण।

धनुषामा सवारी दुर्घटनामा ढल्केवरका एक जना कपडा व्यापारीको मृत्यु भएको छ ।
दुर्घटनामा मिथिला नगरपालिका–६ ढल्केवरका ४५ वर्षिय शिवलाल यादव कपडा व्यापारीको मृत्यु भएको हो ।

शनिबार राति १० बजे जिल्लाको मिथिला नगरपालिका–६ स्थित ढल्केवर–जनकपुर सडकखण्डमा जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बिआर ०१ एआर ९७७० नम्बरको भारतीय जीपले सोही दिशाबाट आइरहेको ज ९ प ९४३५ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार पछाडिबाट तीव्र गतिमा आइरहेको भारतीय नम्बरको जीपका चालक बसही पुल नजिक आएर सन्तुलन गुमाएपछि जीप पल्टिएर यादव सवार मोटरसाइकलमाथि बजारिन पुगेको थियो ।

सो सवारी दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा शनिबार राति साढे एघार बजे प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न जीप र त्यसका चालक बिहार मधुबनी जिल्ला धजवा बस्ने ३६ वर्षिय मन्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतक यादव ढल्केवरस्थित दुर्गामन्दिर नजिक बिसौं वर्षदेखि कपडाको व्यापार गर्दै आएका थिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]