२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

महिनामा १ दिन विद्युतीय रिक्सा चढेर इन्धन खपत कम गर्ने मेयरकाे लक्ष्य

Logo
प्रकाशित आइतबार, साउन ०१, २०७९

न्युजमधेस डेस्क
नेपालगन्ज,१श्रावण।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट आज आइतवार नेपालगञ्ज विमानस्थलबाट अटाे रिक्सामा कार्यालय फर्किनुभयाे । उपमहानगरको कार्यालयबाट झन्डै ६ किलोमिटरको दुरीमा रहेको विमानस्थलबाट उहाँ विद्युतीय अटो रिक्सामा फर्कनुभएकाे हाे ।

इन्धन खर्चमा मितव्ययिता कायम गर्ने उद्देश्यले मेयर विष्ट आज विद्युतीय अटो रिक्सा र पैदलै विभिन्न ठाउँमा पुग्नुभयो । एक दिन भए पनि इन्धन खर्च कम गर्ने उद्देश्यले हरेक महिनाकाे १ गते अत्यावश्यकबाहेक इन्धन प्रयोग हुने गाडीकाे प्रयाेग नगर्न उहाँले नगरवासीमा आग्रह गर्नुभएको छ ।

नेपालगञ्जको वार्षिक नीति तथा कार्यक्रममा हरेक महिनाको १ गते जनप्रतिनिधि र कर्मचारीले इन्धन प्रयोग हुने गाडीकाे प्रयाेग गर्ने छैनन् भनेर उल्लेख छ । नगर सभाको निर्णयकाे कार्यान्वयन गर्न मेयर विष्ट आज १ गते विद्युतीय अटाे रिक्सामा चढ्नुभएकाे हाे ।

महिनामा १ दिन भए पनि अत्यावश्यकबाहेक गाडीकाे प्रयोग नगर्ने हो भने पनि इन्धन खपत कम गर्न सकिने भन्दै मेयर विष्टले याे निर्णयमा साथ दिन उपमहानगरवासीसँग आग्रह गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]