०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

महिनामा १ दिन विद्युतीय रिक्सा चढेर इन्धन खपत कम गर्ने मेयरकाे लक्ष्य

Logo
प्रकाशित आइतबार, साउन ०१, २०७९

न्युजमधेस डेस्क
नेपालगन्ज,१श्रावण।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट आज आइतवार नेपालगञ्ज विमानस्थलबाट अटाे रिक्सामा कार्यालय फर्किनुभयाे । उपमहानगरको कार्यालयबाट झन्डै ६ किलोमिटरको दुरीमा रहेको विमानस्थलबाट उहाँ विद्युतीय अटो रिक्सामा फर्कनुभएकाे हाे ।

इन्धन खर्चमा मितव्ययिता कायम गर्ने उद्देश्यले मेयर विष्ट आज विद्युतीय अटो रिक्सा र पैदलै विभिन्न ठाउँमा पुग्नुभयो । एक दिन भए पनि इन्धन खर्च कम गर्ने उद्देश्यले हरेक महिनाकाे १ गते अत्यावश्यकबाहेक इन्धन प्रयोग हुने गाडीकाे प्रयाेग नगर्न उहाँले नगरवासीमा आग्रह गर्नुभएको छ ।

नेपालगञ्जको वार्षिक नीति तथा कार्यक्रममा हरेक महिनाको १ गते जनप्रतिनिधि र कर्मचारीले इन्धन प्रयोग हुने गाडीकाे प्रयाेग गर्ने छैनन् भनेर उल्लेख छ । नगर सभाको निर्णयकाे कार्यान्वयन गर्न मेयर विष्ट आज १ गते विद्युतीय अटाे रिक्सामा चढ्नुभएकाे हाे ।

महिनामा १ दिन भए पनि अत्यावश्यकबाहेक गाडीकाे प्रयोग नगर्ने हो भने पनि इन्धन खपत कम गर्न सकिने भन्दै मेयर विष्टले याे निर्णयमा साथ दिन उपमहानगरवासीसँग आग्रह गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]