२४ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

ड्युमा पेट्रोलको गन्ध आएपछि…

Logo
प्रकाशित सोमबार, साउन ०२, २०७९

न्युजमधेस डेस्क
खोटाङ,२ श्रावण।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका स्थानीयले पेट्रोलजस्तो गन्ध आउने ड्यु भेटिएको दाबी गरेका छन् ।

साउने संक्रान्तीका दिन मासुसँग पिउनका लागि दिक्तेलबजारमा खरिद गरेको ड्युमा पेट्रोलको गन्ध आएको दाबी गरेका हुन् । स्थानीय सुर्यबहादुर कार्की र सरस्वती कार्कीले शनिबार दिक्तेल बजारको एउटै पसलबाट सवा दुई लिटरको तीन बोत्तल जम्बो ड्यु खरिद गरेका थिए । छिमेकी सावित्रा कट्वाललाई लगिदिएको एक बोत्तल ड्युमा भने कुनै समस्या नदेखिएको सुर्यबहादुरले बताए ।

बरुण बेभरेज नेपाल प्रालि, काठमाडौँले उत्पादन गरेको माउण्टेन ड्युको बोत्तलमा १८ मे २०२२ मा उत्पादन मिति उल्लेख छ । दुबै बोत्तलको पिँध अन्य बोत्तलको भन्दा फरक देखिन्छ ।

बोत्तलको पिँधमा फुल्न लागेजस्तो, कुच्चिए जस्तो र चर्किएजस्तो देखिन्छ । ड्युमा पेट्रोलको गन्ध आएको विषयमा स्थानीय केदार बस्नेतले आइतबार बिहान सामाजिक सञ्जालमा भिडियो शेयर गरेका थिए । त्यसपछि ड्युका डिलर सञ्चालन ग्राहक भेट्न पुगेका थिए ।

स्थानीय र डिलर सञ्चालकबीचमा चर्काचर्की भएको थियो । ड्युमा मिसावट गरेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको स्थानीय दावी गर्छन् भने ड्युको डिलर प्रतिनिधि ‘ब्लेम’ लगाएको दावी गरिरहेका छन् । माउण्टेन ड्युका दिक्तेल डिलरका सेल्समेन दिपक खतिवडाले भने कम्पनीबाट नभै ग्राहकबाटै त्रुटी भएको दावी गरेका छन् ।

पेट्रोलको गन्ध आउने ड्यु भेटिएको गुनासोपछि जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बजार अनुगमन टोली स्थलगत अध्ययनमा पुगेको थियो । ड्युमा अखाद्यवस्तु मिसावट भएको आशंकामा सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाही नेतृत्वको बजार अनुगमन जिल्ला समन्वय समिति र नगरपालिका अन्तरगतको स्थानीय बजार अनुगमन समितिले सो दुई बोत्तल ड्यु जफत गरेको छ । प्रहरीसहित पुगेको टोलीले ड्यु खरिद गरिएको पसल तथा ड्युको दिक्तेलस्थित डिलरमा पुगेर निरिक्षण गर्दै ल्याव टेष्टका लागि नमूना संकलन गरेको छ ।

ड्युमा अखाद्यवस्तुको गन्ध आएको विषयमा अनुसन्धान तथा छानविन गरी दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले प्रशासनलाई निवेदन दिएका छन् । पेट्रोलको गन्ध आउने ड्यु भेटिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले पनि चासो दिएका छन् ।

गत २८ असारमा दिक्तेलकै एक पसलमा पेट्रोलको गन्ध आउने ड्यु पिएको खाल्लेकै रामबहादुर बुढाथोकी बताउँछन् । श्वास नै पेट्रोलको गन्ध आएपछि लसुन खाएर हिँडेको बुढाथोकीले बताए ।

 

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]