१० आषाढ २०८२, बुधबार
25-06-2025 , Wed
×

रौतहटबाट २ क्विन्टल लागुऔषध गाँजा सहित एक भारतीय नम्बर पलेटको स्कर्पियो बरामद

Logo
प्रकाशित सोमबार, साउन ०२, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२श्रावण।
मधेस प्रदेशको जिल्ला रौतहट स्थित सशस्त्र प्रहरीको टोलीले २ क्विन्टल  लागुऔषध गाँजा सहित एक भारतीय नम्बर पलेटको स्कर्पियो बरामद गरेको छ ।  सशस्त्र प्रहरी बेस क्याम्प  फतुवाबाट इन्स्पेक्टर विनय श्रेष्ठको कमान्डमा गएको टोलीले राजपुर नपा ६ कुडिया चौक स्थित गाडी सहित  २ क्विन्टल लागुऔषध गाँजा बरामद गरेको हो ।

आँपको बगैँचामा लुकाई पार्किङ गरि राखिएको डिएल  ४ सि  एनबी ६२२९ नम्बरको स्कोर्पियोमा गाँजाको १३ वटा पोका सहित लाई टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडा मगरले बताएका छन् ।

प्रति पोका १४ केजी ८ सय ग्रामको दरले कुल १ सय ९२ केजी ४०० सय ग्राम गाँजा सहित एक स्कर्पियो बरामद भएको डीआईजी मगरले जानकारी दिएका छन ।

बरामद गाँजा सहितको गाडी कसको हो भने हालसम्म खुल्न नसकेको तथा आवश्यक अनुसन्धान एवं कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]