३० आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

सोमबारीकै दिन एक शिवालयमा भागदौड मच्चिँदा तीन श्रद्धालु महिलाको मृत्यु

Logo
प्रकाशित सोमबार, साउन ०२, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२श्रावण।
सोमबारीकै दिन एक शिवालयमा भागदौड मच्चिँदा तीन श्रद्धालु महिलाको मृत्यु भएको छ भने अन्य महिलाहरु श्रद्धालु गम्भिर घाईते भएकी भएको खवर छ ।

छिमेकी मुलुक भारतको बिहार राज्य तथा नेपालदेखि केही दुरीमा रहेको सिबान जिल्लास्थित एक शिवालयमा भागदौड मच्चिदाँ तिन महिला श्रद्धालुको मृत्यु भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ ।

त्यहाँस्थित रहेको बाबा महेन्द्रनाथ शिव मन्दिरमा साउनको पहिलै सोमबारीमा भक्तजन, श्रद्धालुहरुको अत्यधिक भीड लागेर सो घटना भएको बताईएको छ । बिहानैदेखि रहेको भीडमा जल चढाउन श्रद्धालुहरुबीच धक्कामुक्की भएपछि भागदौड मच्चेको जनाईएको छ ।

कोरोनाकालको दुई बर्षपछि खुलेको बाबा महेन्द्रनाथको मन्दिरमा बिहानैदेखि अधिक सँख्यामा रहेको श्रद्धालुहरु शिवलिँगमा जल चढाउनको लागि भीडभाड उम्रेको थियो ।

सिबान जिल्लाको सिसवन प्रखण्डको बाबा महेंन्द्रनाथ धाम प्रसिद्ध मन्दिरमा जलाभिषेकको समयमा भागदौड भएको भारतीय प्रशासनले जनाएको छ । जलाभिषेकलाई लिएर नै धक्कामुक्की भएको बुझिएको छ ।

जानकारी अनुसार, धक्कामुक्कीपछि श्रद्धालुहरुमा भागाभाग भएको थियो । सोही भीडमा भागमभागको क्रममा तिन महिला भुईमा खसेको र उनीहरुलाई उठने मौका समेत नभेटाएपछि कुल्चिएर मृत्यू भएको हो ।

सोही घटनामा अन्य महिलाहरुको अवस्था गम्भिर रहेको छ भने उनीहरुलाई उपचारको लागि नजिकको अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

कोरोनाकालमा श्रद्धालुहरुको लागि मन्दिर बन्द गरिएको थियो । दुईबर्षपछि श्रावणको पहिलो सोमबारमा जलाभिषेकको लागि भक्तजनहरुको भीड भएर दुर्घटना भएको बताइएको छ । कैयौँ जनाले यसलाई स्थानीय प्रशासनको कमजोरीको सँज्ञा दिएको छ ।

सो घटनामा सिवान जिल्लाको हुसैनगँज बस्ने प्रतापपुर गाउँ बस्ने स्थानीय मोताब चौधरीकी ४२ बर्षिय श्रीमति लीलाबती देवी र सोही जिल्लाको पथार गाउँ बस्ने दिलिप बैठाकी ४० बर्षिय श्रीमति सुहागमति देवीको मृत्यू भएको हो । भने अर्को पुष्टि हुन बाकी नै छन्।

घटनामा सहदुल्लेपुर बस्ने जनकदेव भगकी श्रीमति शिव कुमारी देवी र प्रतापपुर बस्ने दिनानाथ यादवकी श्रीमति अँजुरिया देवी यादव गम्भिर घाईते भएकी हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]