०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

सोमबारीकै दिन एक शिवालयमा भागदौड मच्चिँदा तीन श्रद्धालु महिलाको मृत्यु

Logo
प्रकाशित सोमबार, साउन ०२, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२श्रावण।
सोमबारीकै दिन एक शिवालयमा भागदौड मच्चिँदा तीन श्रद्धालु महिलाको मृत्यु भएको छ भने अन्य महिलाहरु श्रद्धालु गम्भिर घाईते भएकी भएको खवर छ ।

छिमेकी मुलुक भारतको बिहार राज्य तथा नेपालदेखि केही दुरीमा रहेको सिबान जिल्लास्थित एक शिवालयमा भागदौड मच्चिदाँ तिन महिला श्रद्धालुको मृत्यु भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ ।

त्यहाँस्थित रहेको बाबा महेन्द्रनाथ शिव मन्दिरमा साउनको पहिलै सोमबारीमा भक्तजन, श्रद्धालुहरुको अत्यधिक भीड लागेर सो घटना भएको बताईएको छ । बिहानैदेखि रहेको भीडमा जल चढाउन श्रद्धालुहरुबीच धक्कामुक्की भएपछि भागदौड मच्चेको जनाईएको छ ।

कोरोनाकालको दुई बर्षपछि खुलेको बाबा महेन्द्रनाथको मन्दिरमा बिहानैदेखि अधिक सँख्यामा रहेको श्रद्धालुहरु शिवलिँगमा जल चढाउनको लागि भीडभाड उम्रेको थियो ।

सिबान जिल्लाको सिसवन प्रखण्डको बाबा महेंन्द्रनाथ धाम प्रसिद्ध मन्दिरमा जलाभिषेकको समयमा भागदौड भएको भारतीय प्रशासनले जनाएको छ । जलाभिषेकलाई लिएर नै धक्कामुक्की भएको बुझिएको छ ।

जानकारी अनुसार, धक्कामुक्कीपछि श्रद्धालुहरुमा भागाभाग भएको थियो । सोही भीडमा भागमभागको क्रममा तिन महिला भुईमा खसेको र उनीहरुलाई उठने मौका समेत नभेटाएपछि कुल्चिएर मृत्यू भएको हो ।

सोही घटनामा अन्य महिलाहरुको अवस्था गम्भिर रहेको छ भने उनीहरुलाई उपचारको लागि नजिकको अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

कोरोनाकालमा श्रद्धालुहरुको लागि मन्दिर बन्द गरिएको थियो । दुईबर्षपछि श्रावणको पहिलो सोमबारमा जलाभिषेकको लागि भक्तजनहरुको भीड भएर दुर्घटना भएको बताइएको छ । कैयौँ जनाले यसलाई स्थानीय प्रशासनको कमजोरीको सँज्ञा दिएको छ ।

सो घटनामा सिवान जिल्लाको हुसैनगँज बस्ने प्रतापपुर गाउँ बस्ने स्थानीय मोताब चौधरीकी ४२ बर्षिय श्रीमति लीलाबती देवी र सोही जिल्लाको पथार गाउँ बस्ने दिलिप बैठाकी ४० बर्षिय श्रीमति सुहागमति देवीको मृत्यू भएको हो । भने अर्को पुष्टि हुन बाकी नै छन्।

घटनामा सहदुल्लेपुर बस्ने जनकदेव भगकी श्रीमति शिव कुमारी देवी र प्रतापपुर बस्ने दिनानाथ यादवकी श्रीमति अँजुरिया देवी यादव गम्भिर घाईते भएकी हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]