२३ पुष २०८२, बिहिबार
08-01-2026 , Thu
×

पानी नपरेपछि किसानको अनौँठो कार्य, जनप्रतिनिधिलाई बाँधेर पूजा गरे

Logo
प्रकाशित सोमबार, साउन ०२, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२श्रावण।
साउनमा समेत पानी नपरेपछि किसानहरुले अनौँठो कार्य गरेका छन् ।  पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिनिधिलाई बाँधेर पूजा गर्नको लागि मन्दिरमा पुर्‍याएका छन्। किसानले पानी पर्ने विश्वासमा स्थानीय जनप्रतिनिधिहरूलाई गाउँपालिकाको वडा नम्बर ३ मा रहेको शिव मन्दिरमा लगेर पूजा गरेका हुन् ।

गाउँपालिका उपाध्यक्ष बासमती चमारका अनुसार आइतबार दिउँसो १ बजेतिर गाउँपालिका अध्यक्ष  सुखडी प्रसाद चौधरी , पूर्व सांसद राम लखन हरिजन, वडा नम्बर ४ का अध्यक्ष सुरेश यादव, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई गाउँलेले सलजस्तो कपडाले बाँधेर मन्दिर पुर्‍याएका थिए । उनका अनुसार शिव खुसी पर्दा पानी पर्ने भन्दै स्थानीयले आग्रह गरेर हिजो जनप्रतिनिधिलाई लगेको र आज बिहान महिलाहरूले  पूजा गरेको बताइन् । उनले भोलि पूजा सकिने बताइन् ।

‘पहिले पहिले समस्या पर्दा गाउँका अगुवालाई बाँधेर मन्दिरमा लगेर पूजा गर्ने चलन रहेछ ।  अहिले सोही परम्पराअनुसार गाउँका  जनप्रतिनिधिहरुलाई स्थानीयहरू लगेका हुन्’, उनले बताइन् ।   परम्परा यस्तो रहेकाले स्थानीयले विश्वासका साथ यस्तो कार्य गरेकाले आफूहरुले पनि सम्मान गरेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]