२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

प्रादेशिक अस्पतालबाट हटाइएका करारका कर्मचारी आन्दोलित, नियुक्ति नगरे कडा आन्दोलन गर्ने चेतावनी

Logo
प्रकाशित सोमबार, साउन ०२, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२श्रावण।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामका १ सय ३२ कर्मचारीलाई प्रतिष्ठानले हटाएपछि आन्दोलनमा उत्रेका हुन् ।

प्रतिष्ठानले ०७७ कात्तिक २५ गते पछि नियुक्ति भएकाहरु मध्ये तत्कालीन अस्पताल व्यवस्थापन तथा संचालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण करारका कर्मचारीको म्याद थप नभए सम्मको लागि हाजिरी नगर्न सूचना प्रकाशित गरेको थियो । सो अवधिमा भर्ना भएका करारका कर्मचारीलाई आइतबारदेखि हाजिरी तथा कामकाज नगर्न नगराउन भन्दै प्रतिष्ठानले एक सूचनामार्फत जानकारी गराएको थियो ।

तर निकालिएका करारका कर्मचारीहरुले भने आपत्ति जनाउँदै अस्पतालमा तालाबन्दी गर्न पुगेका थिए । प्रहरीले अस्पतालको मुलगेटमै आन्दोलित करारका कर्मचारीलाई रोकेपछि उनीहरु नियमित म्याद थप र कर्मचारी व्यवस्थापन तथा समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका छन् ।

आन्दोलनमा उत्रेकी रेणु यादवले म्याद थप गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रेको बताइन् । कर्मचारीलाई कुनै जानकारी र छलफल नै नगरी हटाएको भन्दै प्रतिष्ठानले पुनः नियुक्ति नगरे कडा आन्दोलन गर्ने कर्मचारीहरुले चेतावनी समेत दिएका छन् ।

एक सूचना प्रकाशित गर्दै आइतबारदेखि १ सय ३२ जना करारका कर्मचारीलाई हटाएको जनाइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]