०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

बजारमा भारतीय नोटको चरम अभाव, सर्वसाधारण हैरानी भोग्न बाध्य

Logo
प्रकाशित मंगलबार, साउन ०३, २०७९

न्युजमधेस डेस्क
सप्तरी,३असार।
सप्तरीको राजविराजसहित जिल्लाका प्रमुख बजारमा भारतीय नोटको चरम अभाव देखिएको छ ।

स्थानीय मनीचेन्जर देखि कुनै पनि बैंकमा समेत भारतीय नोट सटही सुविधा नहुदाँ सर्वसाधारण हैरान भएका छन् । सर्वसाधारणलाई सीमावर्ती बजारमा किनमेल प्रयोजनका लागि मात्र नभइ भारतमा उपचार, शिक्षा, तीर्थाटन तथा पर्यटन प्रयोजनका लागि पनि भारतीय नोट आवश्यकता पर्छ । अर्को तिर अहिले साउन महिनाको शुरुवात संगै भारतको झारखण्ड राज्य स्थित देवघर (बाबाधाम) बोलबम जानेहरुको संख्या पनि सप्तरीबाट उल्लेख्य रहने गरेको छ । तर भारतीय नोटको अभावका कारण यति वेला उनीहरु छटपटाईरहेका छन् । प्रचण्ड गर्मी र चर्काे घाममा समेत उनीहरु विहानै देखि बजारका विभिन्न पसल र बैंकको गेट अघि पुगेर “यहाँ भारतीय नोट पाइन्छ, भनी सोध्दै सयौं सर्वसाधारण पुग्ने गरेका छन् । तर, “छैन” भन्ने जवाफ पाएपछि निराश भइ फर्किेने गरेको दृश्य दिनभर देखिने गरेको छ । राष्ट्रिय बाणिज्य बैंकको छेऊमै होटल व्यवसाय गर्दै आएका संचालक शम्भु प्रसाद साहले दैनिक ७० देखि ७५ जना सर्वसाधारण भारु नोट खोज्दै आफ्नो पसल र नजिकैको बैंक पुग्ने गरेको सुनाए । ४ वर्ष अघि सम्म यहाँ स्थित राष्ट्रिय बाणिज्य बैंकले भारु सटही सुविधा उपलब्ध गराउदै आएको थियो । तर बन्द गरिएको सो सेवा ४ वर्ष वितिसक्दा पनि पुनःसुचारु हुन सकेको छैन । अन्य कुनै बैंक देखि मनिचेन्जरले पनि भारु सटही सेवा उपलब्ध न गराउँदा सर्वसाधारण हैरानी भोग्न बाध्य छन् ।

राष्ट्रिय बाणिज्य बैंक शाखा राजविराजका सहायक प्रबन्धक अजय प्रताप गौतमले माथि कै आदेशबाट भारतीय रुपैया सटही काउन्टर बन्द गरिएकोले सर्वसाधारणलाई सो सेवा दिन न सकिएको लाचारी व्यक्त गरे । यद्यपि यसका लागि आपूmहरुले पहल गरिरहेको उनको भनाइ छ । “नेपाल राष्ट्र बैंकले चाहे भने सो सेवा पुनः सुचारु हुन सक्छ, उनले भने, यसका लागि सबै सरोकारवालाको सामूहिक पहलको खाँचो छ ।” अधिकांश सर्वसाधारण एटिएम न राखेका कारण भारतीय नोट नगद नै लिएर भारत तर्फ जानु पर्ने बाध्यता छ । यस्तो अवस्थामा कतिपयले महगो दरमा भारतीय नोट साटेर भए पनि गर्जाे टार्न बाध्य भएको सर्वसाधारणको गुनासो छ । स्थानीय बजारका केही कारोवारीले सयकडा ५ देखि ७ रुपैया सम्म वट्टा काटेर भारतीय नोट उपलब्ध गराउने भएकाले सर्वसाधारणलाई उनीहरु संग भारतीय नोट सटही गर्ने काम निकै महँगो पर्ने गरेको राजिराज ७ का उमाकान्त साहले बताए । सर्वसाधारण मात्र नभइ यहाँका उद्योगी व्यवसायीलाई पनि भारतीय नोटको अभावले उत्तिकै पिरोलेको छ । स्थानीय व्यवसायी बैजु जोशी भन्छन–“ सीमावर्ती बजार भएकाले जिल्लाका धेरै उद्योगी व्यवसायीले कतिपय अवस्थामा भारतीय नोट मै कारोबार गर्नुपर्ने बाध्यता हुन्छ । तर भारतीय नोटको अभावले निकै समस्या हुने गरेको छ ।” यसरी भारतीय नोटको अभावले सबै क्षेत्रमा प्रभाव पारेको भन्दै स्थानीयले बन्द गरिएको राष्ट्रिय बाणिज्य बैंकको भारु सटही काउन्टर संचालन गर्नुपर्ने माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]