१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

महराज सागर युवा कमिटीद्वारा जनकपुरबाट कक्षा १२ मा नेपाल टप गरेको विद्यार्थीलाई सम्मान

Logo
प्रकाशित शनिबार, साउन २५, २०७६

जनकपुरधाम। महाराज सागर युवा कमिटीद्वारा कक्षा १२ मा नेपालमा नै उत्कृष्ट नम्बर ल्याएर नेपाल टप गर्न सफल विद्यार्थीलाई सम्मान गरेको छ ।

शनिबार महाराज सागर युवा कमिटीले आयोजना गरेको कार्यक्रममा नेपालमा नै उत्कृष्ट जिपिए ल्याउन सफल जनकपुरकी आचल कुमारी साहलाई उपहार सरुप चान्दीको जानकी मन्दिर र नगर ५१०० सय रुपैया दिएर सम्मान गरेको छ।

सम्मान कार्यक्रममा महाराज सागर युवा कमिटीको अध्यक्ष सरिफुल राइन ,महाबिर युवा कमिटी अध्यक्ष संतोष साह,आरसिएस स्कुलको प्राध्यापक जिबेन्द्र सिंह,मोनु झा,मिथलेश राई,हिमान्सु राज ,गुडु कुमार साह,दिपक महाशेठ,राहुल गुप्त ,पुजा कुमारी साह ,निलम देवि,चन्दा कुमारी कुबरलगाइतले अबिर लगाएर सम्मान गरेका थिए।

कार्यक्रमा साहले एसईई दिएको आरसिएस स्कुलको प्राध्यापक जिबेन्द्र सिंहले भने विद्यार्थीले अरुले बनाएको रेकर्डलाई पढ्ने कि आफुले रेकर्ड बनाउने भन्नेमा प्रस्ट भए अगाडी बढनेमा लक्ष्य हासिल गर्न सकिने बताए ।

त्यसै गरि उत्कृष्ट नम्बर ल्याउन सफल आचल कुमारी साहले विद्यार्थीले लक्ष्य निर्धारण गरेर अध्ययन गरेमा सफल बन्ने बताइन् । जनकपुरको मोडल मल्टिपल क्याम्पसमा अध्ययन गरेकी साहले साइन्स विषयमा कक्षा १२ मा ३.९२ जिपिए ल्यान सफल भएकी हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]