१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

अचेत अवस्थामा फेला परेका युवाको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु

Logo
प्रकाशित मंगलबार, साउन ०३, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,३असार।
जनकपुरधाम उपमहानगरपालिका ४ माछा बजारबाट धनुषा प्रहरीले उद्धार गरेका एक युवाको मृत्यु भएको छ ।

सोमबार प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन् । सोमबार नै प्रहरीले उनलाई माछा बजारदेखि बसहिया जाने सडक खण्डमा अचेत अवस्थामा फेला पारेको थियो । अन्दाजी ४५ वर्षका उनी रक्सी खाएर लडेका थिए । अचेत अवस्थामा फेला परेका ती पुरुष केही बोल्न सकेका थिएनन् । यद्यपि प्रादेशिक अस्पतालका चिकित्सकले विभिन्न रोगका कारण मृत्यु भएको प्रहरीलाई बताएका छन् । प्रहरीले उनको परिचय नखुलेको हुनाले चिनेका व्यक्तिलाई सम्पर्क गर्न अनुरोध पनि गरेका छन् । प्रहरीका अनुसार उनी मागि खाने जस्तो देखिएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]