१२ पुष २०८२, आइतबार
28-12-2025 , Sun
×

मधेस प्रदेशमा भ्रष्टाचारको चाङ

Logo
प्रकाशित मंगलबार, साउन ०३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,३ श्रावण । मधेस प्रदेशको राजविराज नगरपालिकाका बहालबाला मेयर निलम्बनमा परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले असार २९ गते मेयर भीमराज यादवमाथि विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेपछि उनी निलम्बनमा परेका हुन्।

आर्थिक वर्ष २०७३/७४ मा राज रंगशालाको स्तरोन्नतिका लागि भएको निर्माण कार्यमा न्यु गहिल कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका मेयर भीमराज यादवविरुद्ध अख्तियारले आरोपपत्र दायर गरेको छ।

मेयर यादवसँगै उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठ, तत्कालीन जिल्ला विकास समिति (जिविस) सप्तरीका इन्जिनियर विकास श्रेष्ठ, तत्कालीन जिल्ला खेलकुद विकास समितिका प्रमुखद्वय लक्ष्मण मण्डल र महेन्द्रप्रसाद यादव, समितिका तत्कालीन अध्यक्ष एजेट न्यासुर, समितिका उपाध्यक्ष धीरेन्द्र बर्माविरुद्ध आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

न्यु गहिल कन्स्ट्रक्सन र सञ्चालक मेयर भीमराज यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (४) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको भन्दै कन्स्ट्रक्सन र सञ्चालक यादवको हकमा २ लाख ६३ हजार ४ सय ६८ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (४) अनुसार कैद एवं जरिवाना र बिगो जफत गर्न माग गरिएको छ।

न्यु गहिल कन्स्ट्रक्सनका सञ्चालक यादव वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट राजविराजको मेयरमा निर्वाचित भएका छन्। याे खबर नागरिक दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]