२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

सिरहामा रहेको सौर्या सिमेन्ट उद्योगमा कार्यरत मजदुर पुनः आन्दोलित

Logo
प्रकाशित बिहिबार, साउन ०५, २०७९

न्युजमधेस डेस्क
सिरहा,५ साउन।
सिरहाको मिर्चैयामा रहेको सौर्या सिमेन्ट उद्योगमा कार्यरत मजदुरहरु पुनः आन्दोलित भएका छन् ।
पहिले भएको सहमति अनुसार तलव, सुरक्षा र सुविधाको माग गर्दै कर्मचारीहरु आन्दोलित भएको हो । मजदुरहरु गत मंसिरमा १२ बुदें माग राख्दै आन्दोलित भएका थिए । त्यसपछि उद्योगको व्यवस्थापन पक्ष र मजदुरवीच सहमति भएको थियो । सहमति लागु गर्नुपर्नेमा त्यस विपरीत उद्योगले कर्मचारी हटाउने, सेवा सुविधा प्रदान गर्न नसकेको भन्दै मजदुरहरु पुनः आन्दोलित भएका छन् ।

उद्योगमा कार्यरत मजदुरहरुको सुरक्षाको व्यवस्था हुनुपर्ने, स्थानीय कामदारहरुलाई दक्षताको आधारमा नियुक्ति दिनुपर्ने, कामदारहरुलाई ८ घण्टा मात्र काममा लगाउनु पर्ने, कामदारहरुलाई हप्तामा एक दिन विदा दिनुपर्ने, कामदारलाई काम र दक्षताको आधारमा तलबभत्ताको व्यवस्था गर्नुपर्ने माग राखिएको छ । त्यससँगै मजदुरहरुले उद्योगभित्र प्राथमिक उपचारको व्यवस्था हुनुपर्ने, वातावरण प्रर्दुशन न्यूनीकरणको उपाय अपनाउनुपर्ने, उद्योगमा कार्यरत पुरानो कामदारलाई निकालेर नयाँ कामदारको भर्ना रोक्नुपर्ने, उद्योगभित्र प्रयाप्त खानेपानीको व्यवस्था हुनुपर्ने लगायतका माग सहित आफूहरु आन्दोलित भएको उद्योगका सिभिल सुपरभाईजर मोहित महराले बताएका छन् ।

माग पूरा गर्न उद्योगको आन्तरीक मेमो
मजदुरको आन्दोलनपछि उद्योगले आन्तरीक मेमो नै जारी गरेको थियो । प्रशासन शाखाले मंसिर ६ मा ९ बुँदे आन्तरीक मेमो जारी गरेको थियो । जसमा श्रमिकको न्यूतम पारिश्रमिक, ८ घण्टाभन्दा वढी काम गरेकालाई नियमानुसार रकम भुक्तानी लागू गराउने, ५ घण्टा काम गर्दा आधा घण्टा र ८ घण्टा वढी काम गर्दा १ घण्टा अनिवार्य विश्राम दिनुपर्ने, कामदारको कामको प्रकृति हेरी औषधी उपचार, दुर्घटना वीमा, सामाजिक सुरक्षा कोषको सुविधा, सुरक्षा साधन, साप्ताहिक विदा, सौचालय र विश्राम स्थल निर्माण, पिउने पानीको व्यवस्था, प्राथमिक उपचारको निम्ति एम्बुलेन्स, उद्योग परिसरभित्र वातावरण स्वच्छ राख्न हरियाली अभियानको रुपमा वृक्षा रोपण कार्य अघि बढाउन र ट्यांकरले सडकमा पानी छर्किने काम गर्नुपर्ने उल्लेख गरिएको छ ।
मजदुरहरुले पूरानै माग राखेर पुनः आन्दोलनमा उत्रिनु परेको सम्बन्धमा उद्योगका जेनरल म्यानेजर जीवन नेपालले मजदुरहरु सित कुनै पनि समझौता भएको छैन । कुनै इसुको कुरा होइन । खाली बुझाईको मात्रै फरक हो । केही मजदुरको चित नबुझेर केही मजदुरहरुले धर्नामा बसेको बताए ।

यस अघि मजदुरले १२ बुँजे माग राख्दै आन्दोलनमा उत्रिउपछि प्रशासन प्रमुख नेपालले उद्योगको आन्तरीक विषय भएकोले छलफल गरी टुंगो पुग्ने बताएका थिए । उद्योगले आन्तरीक मेमो पनि जारी गरिसकेको अवस्थामा आधारभूत माग पूरा हुन नसक्नुले आफूहरु असुरक्षित भएको आन्दोलनरत पक्षको भनाई रहेको छ ।
मजदुरहरुको आन्दोलनले उद्योगको कामकाज ठप्प भएको छ । उक्त उद्योगमा ७÷८ सय मजदुर कार्यरत रहेका छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]

राजविराज। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्। सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताए। उनले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उनले समस्याबाट नआत्तिन […]

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]