२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

एकैपटक चार वटा बस एकापसमा ठोक्कियो, १५ जना घाइते

Logo
प्रकाशित आइतबार, साउन २६, २०७६

भक्तपुर ।भक्तपुरको गठ्ठाघरमा भयानक दुर्घटना भएको छ। गठ्ठाघरको आकासे पुल नजिकै एउटा बसले तीन वटा बसलाई ठक्कर दिँदा बसमा सवार १५ जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बसले अन्य बा ३ ख ७०९३, ना ६ ख ७१८५ र बा ५ ख ४०२९ नम्बरको दुई वटा बसलाई ठक्कर दिएको हो ।

घाइतेमध्ये ५ जना सामान्य उपचारपछि घर फर्किएका छन् भने अन्यको उपचार भइरहेको प्रहरीले जनाएको छ । चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीले जनाएको छ ।-काठमाडौ पातीको सहयोग

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]