२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

मधेश प्रदेश: एक वर्षको अवधिमा सडक दुर्घटनामा परी ५८५ जनाको मृत्यु, नौं हजार भन्दा बढि घाइते

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,६ साउन। मधेश प्रदेशमा आर्थिक वर्ष ०७८÷०७९ मा सडक दुर्घटनामा परी ५८५ जनाको मृत्यु भएको छ ।
मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाको विभिन्न ठाउँमा भएका पाँच हजार ७११ सवारी दुर्घटनामा ५८५ जनाको मृत्यु भएको हो ।

ट्राफिक प्रहरी कार्यालय मधेश प्रदेशका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्ले एक वर्षको अवधिमा ४४८ पुरुष, ८१ महिला, ४२ बालक, १४ बालिकाको मृत्यु भएको बताउनुभयो । उहाँले अनुसार यस अवधिमा नौं हजार ४६४ जना घाइते भएको जानकारी दिनुभयो ।

घाइतेहरुमा छ हजार ६३४ पुरुष, एक हजार ५२७ महिला, ८५७ बालक र ४४६ बालिका छन् । सो अवधिमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने क्षमताभन्दा बढी यात्रु बोक्ने र पटके गरी दुइ लाख ६४ हजार ३१० वटा सवारी कारवाहीमा परेको मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

यस्तै, मधेश प्रदेशमा आर्थिक वर्ष ०७७÷०७८ मा सडक दुर्घटनामा परी ५२३ जनाको मृत्यु भएको थियो । मधेशको आठवटै जिल्लाको विभिन्न ठाउँमा भएका तीन हजार ९८३ सवारी दुर्घटनामा ५२३ जनाको मृत्यु भएको थियो ।

मधेश प्रदेश ट्रापिक प्रहरी कार्यालय बाराको थपलैयाले आर्थिक वर्ष ०७७÷०७८ मा ३९४ पुरुष, ६८ महिला, ३६ बालक र २५ बालिकाको मृत्यु भएको जानकारी दिएको छ । त्यस अवधिमा छ हजार ४०० जना घाइते भएका थिए ।

घाइतेहरूमा चार हजार २६८ पुरुष, ८७३ महिला, ५७० बालक र २९३ बालिका थिए । सोही अवधिमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने क्षमता भन्दा बढी यात्रु बोक्ने १० हजार ७०५ जनालाई कारवाही गरिएको मधेश प्रदेश ट्रापिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गोरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]