१५ कार्तिक २०८२, शनिबार
01-11-2025 , Sat
×

पानी पर्खेका किसानलाई वर्षाले राहत

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

न्युजमधेस डेस्क

जनकपुरधाम,६ श्रावण।

रोपाइँ गरेर धानबालीका लागि पानी पर्खेका किसानलाई धेरै राहत भएको छ । शुक्रबार बिहानैदेखि मुसलधारे वर्षा भएपछि धनुषा सहित मधेसका किसानलाई राहत महसुस भएको हो । मध्य असारबाट पानी नपर्दा खेतको धान सुक्न थालेको थियो । आली भर्ने गरी पानी परेपछि भने धेरै राहत भएको सबैला नगरपालिका–९ भठिहन टोलका कृषक पवन रायले बताउनुभयो ।

‘पानी नपर्दा खेतमा धाँजा फाटिसकेको थियो’, उहाँले भन्नुभयो। ‘लामो पर्खाइपछि परेको पानीले धानलाई धेरै राम्रो गरेको छ ।’  कृषक रायका अनुसार पानी नपर्दा धान सुक्न थालेको थियो । ‘पानी पर्खौं कि अब सुक्न लागेको धानमा सिँचाइ गरौं भन्ने दोधारमा थिएँ’, उहाँले अगाडि थप्नुभयो, ‘जे होस आज पर्यो । अब बोरिङले सिँचाइ गर्नु पर्दैन ।’

यसवर्ष नेपालमा मनसुनी वर्षा सरदरभन्दा बढी रहेको पूर्वानुमान भए पनि अहिलेसम्म एकदमै ठूलो वर्षा भने भएको छैन । रोपाइँकै बेला पानीको अभाव झेलेका किसानले धान रोपिसकेपछि पनि त्यहि समस्या झेलिरहेका थिए । चर्को घाम लाग्दा भएको सुख्खाका कारण धान नै सुक्न थालेपछि कतिपय किसाले त धान रोपेको खेतमा बोरिङले सिँचाइ नै गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]