२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

पानी पर्खेका किसानलाई वर्षाले राहत

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

न्युजमधेस डेस्क

जनकपुरधाम,६ श्रावण।

रोपाइँ गरेर धानबालीका लागि पानी पर्खेका किसानलाई धेरै राहत भएको छ । शुक्रबार बिहानैदेखि मुसलधारे वर्षा भएपछि धनुषा सहित मधेसका किसानलाई राहत महसुस भएको हो । मध्य असारबाट पानी नपर्दा खेतको धान सुक्न थालेको थियो । आली भर्ने गरी पानी परेपछि भने धेरै राहत भएको सबैला नगरपालिका–९ भठिहन टोलका कृषक पवन रायले बताउनुभयो ।

‘पानी नपर्दा खेतमा धाँजा फाटिसकेको थियो’, उहाँले भन्नुभयो। ‘लामो पर्खाइपछि परेको पानीले धानलाई धेरै राम्रो गरेको छ ।’  कृषक रायका अनुसार पानी नपर्दा धान सुक्न थालेको थियो । ‘पानी पर्खौं कि अब सुक्न लागेको धानमा सिँचाइ गरौं भन्ने दोधारमा थिएँ’, उहाँले अगाडि थप्नुभयो, ‘जे होस आज पर्यो । अब बोरिङले सिँचाइ गर्नु पर्दैन ।’

यसवर्ष नेपालमा मनसुनी वर्षा सरदरभन्दा बढी रहेको पूर्वानुमान भए पनि अहिलेसम्म एकदमै ठूलो वर्षा भने भएको छैन । रोपाइँकै बेला पानीको अभाव झेलेका किसानले धान रोपिसकेपछि पनि त्यहि समस्या झेलिरहेका थिए । चर्को घाम लाग्दा भएको सुख्खाका कारण धान नै सुक्न थालेपछि कतिपय किसाले त धान रोपेको खेतमा बोरिङले सिँचाइ नै गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]