०५ पुष २०८२, आइतबार
21-12-2025 , Sun
×

रौतहटमा ४० औं वीपी स्मृति दिवसमा वृक्षरोपण

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

न्यूजमधेश डेस्क
रौतहट ,६ श्रावण । रौतहटमा वीपी कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा वृक्षरोपण गरिएको छ। वीपी कोइराला युवा नेतृत्व विकास मञ्च रौतहटको आयोजनामा जन वृक्षरोपण कार्यक्रम गरिएको हो।

चन्द्रपुर-६ स्थित जिपी उद्यान डावरी पार्कमा शुक्रवार एक कार्यक्रम गरी वृक्षरोपण गरिएको नेपाली कांग्रेस चन्द्रपुर नगर सभापति मुकेश गिरीले बताए।

मञ्चको जिल्ला अध्यक्ष अधिकार लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त वृक्षरोपणमा विभिन्न प्रजातिका गरी २ सयको संख्यामा वृक्षरोपण गरिएको अध्यक्ष लामिछानेले बताए।

प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य धनलाल थोकरले वीपीको नाममा बर्सेनि वृक्षारोपण गरिँदै आए पनि त्यसको उचित संरक्षण हुन नसक्दा अर्थहिन बनिरहेको बताउँदै रोप्ने मात्र गर्ने होइन‚ यस्को उचित संरक्षणमा सबै मिलेर लाग्नु पर्ने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]