०८ फाल्गुण २०८२, शनिबार
21-02-2026 , Sat
×

एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान

Logo
प्रकाशित शनिबार, साउन ०७, २०७९

न्युजमधेस डेस्क
काठमाडौ, ७ साउन।

सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् ।

समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो आएपछि कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका हुन् ।

विवाह नगरी बसेका वा विवाह गरी श्रीमतीको निधन भएको वा श्रीमतीले घर छोडी गएका एकल पुरुषको जीविकोपार्जनमा राहत प्रदान गर्न स्थानीय तहले मासिक पाँच सयदेखि एक हजार पाँच सय रुपियाँसम्म भत्ता प्रदान गर्दै आएका छन् ।

ललितपुरको बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले समाजमा लैङ्गिक समानता र सामाजिक न्याय स्थापना गर्न पाँच वर्षअघि नै गाउँपालिकाले एकल पुरुषलाई मासिक रूपमा भत्ता प्रदान गर्न थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिलो र दोस्रो वर्ष मासिक एक हजार रुपियाँ एकल पुरुषलाई भत्ता प्रदान गर्दै आएकोमा गत वर्षबाट सो रकमलाई बढाएर एक हजार पाँच सय रुपियाँ पु(याइएको छ ।”

उमेर ६० देखि ७० वर्ष भई विवाह नगरी बसेका र श्रीमतीको मृत्यु भई घर परिवारमा आम्दानीको स्रोत नभएका एकल पुरुषलाई भत्ता प्रदान गरिँदै आएको उहाँले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]