१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला

Logo
प्रकाशित शनिबार, साउन ०७, २०७९

 

न्युजमधेस डेस्क
सिरहा,७ साउन।
मधेस प्रदेशको सिरहा जिल्लाको गोलबजारमा इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। गोलबजार नगरपालिका ९ डण्डाका ४५ वर्षिय रामजतन पासवानको शव रहेको आशंका गरेको छ।
हिजो बेलुकादेखि हराईरहेका उनको चप्पल र गञ्जी इनार नजीकै फेला परेकाले शव उनकै भएको हुन सक्ने प्रहरीले बताए।
आज विहान उनको गञ्जी र चप्पल भेटिएको आधारमा इनारको पानी फालेपछि शव देखिएपनि कसको हो भन्ने अझै खुलिनसकेको प्रहरीको भनाई छ।

प्रहरी र सेनाले शव निकाल्ने प्रयास गरेपनि नसकेपछि इटहरीबाट गोताखोर टोली ल्याएर निकाल्ने कोसिस भईरहेको छ।
इनाकारमा अक्सिजनको मात्रा कम भएकाले निकाल्न नसकिएको स्थानीयको भनाई छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]