१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति

Logo
प्रकाशित शनिबार, साउन ०७, २०७९

न्युजमधेस डेस्क
काठमाडौ,७ साउन।
कतारमा यसै वर्ष हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आउँदो नोभेम्बरदेखि कतारमा हुने उक्त फुटबल प्रतियोगिता प्रयोजनमा छोटो अवधिका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको हो ।

कतारमा हुने उक्त प्रतियोगिताका लागि कतारका विभिन्न कम्पनीले नेपाली कामदार लैजान इच्छा देखाएका थिए । सोही अनुसार छोटो अवधिका लागि नेपाली श्रमिक लैजान सरकारले अनुमति दिएको हो । यसरी श्रमिक लैजाँदा सबै प्रक्रिया पुरा गरेर मात्र लैजान मिल्ने बताइएको छ ।

छोटो अवधिका लागि पठाइने हुनाले श्रम स्वीकृति नै दिएर पठाउने या कसरी भन्ने कुरा निक्र्यौल भइसकेको छैन । तर यसरी जाने श्रमिकलाई सरकारले शून्य लागतमा पठाउन सम्बन्धित कम्पनीहरुलाई अनुमति दिने बताइएको छ । उनीहरुको जाने आउने खर्च सबै रोजगारदाताले दिनुपर्नेछ ।

विश्वकपको समयका लागि कामदारको मागबारे कतारका रोजगारदाता कम्पनीहरुले नेपाली दूतावासलाई जानकारी गराएपछि दूतावसले मन्त्रालयलाई पत्र लेखेको थियो । सोही अनुसार मन्त्रालयले निर्णय गरेर आवश्यक प्रक्रिया अघि बढाउन लागेको हो । यस प्रक्रियाबाट कतार जाने श्रमिकले त्यहाँ बढीमा ६ महिना मात्र काम गर्न पाउनेछन् । नेपालबाट लैजाने श्रमिकको संख्या र सेवा–सुविधाबारे यकीन निर्ण भइसकेको छैन ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]