११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

पिकअप भ्यानले ठक्कर दिँदा एक बालिकाको मृत्यू, पहिचान खुलेन

Logo
प्रकाशित आइतबार, साउन ०८, २०७९

न्युजमधेस डेस्क
सिरहा,८ साउन।
सिरहा जिल्लास्थित पूर्व पश्चिम राजमार्गमा पिकअप भ्यानले ठक्कर दिँदा एक बालिकाको मृत्यू भएको छ ।

शनिबार दिउँसो करिब ३ः४० बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नम्बर ३ स्थित पिकअप भ्यानले ठक्कर दिँदा उनको मृत्यू भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जादैँ गरेको प्रदेश २–०१–००१ च ०३२७ नम्बरको पिकअपले बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो ।

ठक्कर दिएपछि गम्भिर घाईते भएकी नाम, ठेगान नखुलेकी ती बालिकालाई तत्कालै कर्जन्हास्थित रहेको फूल कुमारी मेमोरियल अस्पतालमा उपचारको लागि प्रहरीले पठाएको थियो ।

सो अस्पतालमा उपचारकै क्रममा उनको अपरान्ह ४ः०५ बजे मृत्यू भएको पुष्टि चिकित्सकले गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरि बहादुरी ओलीले जानकारी दिए ।

ओली कमाण्डको प्रहरी टोली खटी गई लाशजाँच प्रकृती मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरि लाश पोष्टमार्टमको लागि रामकुमार उमाशँक स्मारक अस्पताल लहान सिरहामा पठाएको जनाएको छ ।

लाश शव गृहमा ‍सुरक्षित राखिएको हुँदा मृतक लाश सनाखत गराउनु पर्ने भएकोले ईलाका प्रहरी कार्यालय मिर्चैया आसपासको कार्यालयको एरियाहरुमा बालिकाको हुलिया अनुसार लास पहिचानको लागि सूचना जारी समेत गरेको छ ।

उल्लेखित हुलिया भएको बालिकाको लिखित तथा मौखिक कुनै जानकारी प्राप्त भएको भए सम्बन्धित ईलाका प्रहरी कार्यालय मिर्चैयाको सम्पर्क नम्बर ९८५२८९००४२ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

सेते कुर्ता,निलो आकाशे रंगको सुरुवाल लगाइकी मृतकको उचाई अन्दाजी ५ फिट रहेको प्रहरीले जारी गरेको हुलियामा उल्लेख छ । नामथर वतन नखुलेकी हेर्दा अन्दाजी १३–१४ बर्षकी बालिकाको पहिचान गरी अभिभावकलाई जानकारी गराउन समेत अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]