
न्यूजमधेश डेस्क
सर्लाही ,८ श्रावण । सर्लाहीको हरिवनबाट नेपाली नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय लालमोहन पासवान रहेका छन् ।
पासवानलाई नेपाली नक्कली नोटसहित हरिवन नगरपालिका–११, हरिवन बजारस्थित कार्की पुस्तक पसल अगाडिबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
पासवानको साथबाट रु ५० हजार बरामद गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।