१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

सल्लाघारी घटना : मृतक तीनै जनाको पहिचान खुल्यो

Logo
प्रकाशित आइतबार, साउन ०८, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,८ श्रावण ।भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित चोङ्गा गणेश सल्लाघारी दूधपाटी सडक छेउको सल्लाको रूख ढलेर बस र स्कुटर किच्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ।

आइतबार दिउँसो काठमाडौँबाट यात्रु बोकेर दूधपाटी हुँदै कमलविनायक जाँदै गरेको बा२ख ३५८४ नम्बरको बस र दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१प ३९७८ नम्बरको स्कुटरलाई ढलेको रूखले किच्दा बसमा सवार दुई तथा स्कुटरमा सवार एक जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा बसमा सवार भक्तपुर नगरपालिका–२ व्यासीका २५ वर्षीय विशेष खर्बुजा, चाँगुनारायण नगरपालिका–२ का ५५ वर्षीय न्हुच्छेराम बखाद्यो र स्कुटरमा सवार सर्लाहीको हरिवन नगरपालिका–४ का ४५ वर्षीय राजकुमार भुजेल रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

दुर्घटनामा घाइते हुनेहरुमा भक्तपुर–१० कमलविनायकका १९ वर्षीय रितिक वासुकला, चानपा–४ चाँगुका १८ वर्षीया निशा लिगल, काठमाडौं १०, बुद्धनगरका ६८ वर्षीय पदमप्रसाद योजु, रामेछापको दोरम्वा गापा–७ घर भई हाल सूर्यविनायक नपा–८ सिपाडोल बस्ने बस चालक २२ वर्षीय हुमबहादुर मगर, सर्लाही घर भई हाल सूर्यविनायक बस्ने १६ वर्षीय आकाश वाइवा र भक्तपुर नपा–७ का १८ वर्षीय सिम्रन लागेजु छन्। उनीहरुको इवामुरा अस्पताल सल्लाघारीमा उपचार भइरहेको छ।

त्यसैगरी उदयपुरको लिचुङ्गु १ भई हाल काठमाडौंको स्वयम्भु बस्ने ४१ वर्षीय नीलबहादुर राई, पर्वतको जलजला गापा–७ घर भई हाल काठमाडौंको शंखमूल बस्ने १९ वर्षीय समीर आचार्य, पाँचथरको याङ्गवरक ३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने १२ वर्षीया समृद्धि लिम्बू, पाँचथरको याङ्गवरक ३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने १८ वर्षीया अप्सरा लिम्बू, पर्वतको फलेवास नपा–२ घर भई हाल काठमाडौंको बानेश्वर बस्ने १९ वर्षीय सागर शर्मा र भक्तपुर–८ जेलाकी ४८ वर्षीया लक्ष्मी दुवालसमेत घाइते भएका छन्। उनीहरुको भक्तपुर इन्टरनेशनल अस्पताल कौशल्टारमा उपचार भइरहेको छ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँडले घाइतेको उपचारको व्यवस्था तत्काल मिलाउन निर्देशन दिएका छन्। मन्त्रीको निर्देशनपछि भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठलगायत टोलीले अस्पतालमा उपचार गराइरहेका घाइतेलाई भेटेर उनीहरुको अवस्थाबारे जानकारी लिएका छन्।

यस्तै प्रतिनिधिसभामा भक्तपुरबाट प्रतिनिधित्व गर्ने सांसद प्रेस सुवालले संसद्मा बोल्दै मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको उपचार गर्न सरकारसँग माग गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]