२९ आषाढ २०८२, सोमबार
14-07-2025 , Mon
×

अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम साथ सम्पन्न

Logo
प्रकाशित सोमबार, साउन २७, २०७६

जनकपुरधाम । जिल्ला युवा संजाल धनुषाले अन्तराष्ट्रिय युवा दिवस आज जनकपुरधाममा विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ।

जिल्ला यूवा संजाल धनुषाले ‘शिक्षामा रुपान्तरण, उद्यमशिलता र नवप्रवर्तन भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाएको छ।

युवालाई सामाजिक विकास र राष्ट्र निर्माणमा अघि बढाउन र युवाको अधिकार स्थापित गराउन दिवस मनाएको संजालका महासचिव कुललिप साहले बताएका छन।

जिल्ला युवा संजाल धनुषाको अगुवाइमा ३६ बटा सरकारी र गैरसरकारी संघसंस्था हरुको सहकार्य चार दिवसीय कार्यक्रम अन्तर्गत आज चौथो दिन बिहान ७ बजे प्रभात फेरी कार्यक्रम जानकी मन्दिर देखि जनकचौक पुगेर कोण सभामा परिनत गरेको थियो।

त्यसैगरी बेलुका ५ बजे लागु पदार्थ दुर्व्यसन सम्बन्धी सडक नाटक, बेलुकी ५:३० बजे कबी गोस्टी र बेलुकी ६:३० बजे मिथिला चित्रकला प्रदर्शनी र साझ ७ बजे दिप प्रज्वलन कार्यक्रम गरि सम्पन्न गरिएका हुन।

यता जिल्ला युवा संजालका अध्यक्ष धिरज साहले भने यो चार दिबसीय कार्यक्रम सफल पार्नमा सहयोग गर्नु भएको सबै सहयोगीलाई हृदय देखि धन्यवाद व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]