२८ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु

Logo
प्रकाशित सोमबार, साउन ०९, २०७९

न्यूजमधेश डेस्क
काठमाडौँ,९ श्रावण ।नेपाली पत्रकारिताको इतिहासमा ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा प्रसारण विभागमार्फत ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु गरेको हो।

पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान गरेका पत्रकारत्रय चिरञ्जीवी अर्याल, निरोधराज पाण्डे र पदमभक्त खरेललाई पहिलो वृत्ति प्रदान गरिएको छ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त वृत्ति रकमबापतको चेक प्रदान गरेर ज्येष्ठ पत्रकार वृत्ति वितरणको प्रारम्भ गरेका हुन्। पहिलो वृत्ति पाउने ७६ वर्षीय पत्रकार अर्याललाई पाँच हजार रुपैयाँ, पाण्डेलाई सात हजार र ७७ वर्षीय खरेललाई १० हजार रुपैयाँ प्रदान गरिएको हो। उनीहरुलाई साउन महिनादेखि हरेक महिना बैंक खातामा जम्मा हुनेगरी वृत्ति रकम उपलब्ध गराइने सूचना तथा प्रसारण विभागले जनाएको छ।

पत्रकार वृत्ति स्थापना तथा सञ्चालन निर्देशिका २०७५ र पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८ बमोजिम ज्येष्ठ पत्रकार वृत्ति वितरण गरिएको हो। मापदण्डमा ६५ देखि ६९ वर्षसम्म उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक पाँच हजार, ७० देखि ७५ वर्षसम्म उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक सात हजार र ७६ देखि ८० वर्षसम्म उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराइने उल्लेख छ। कोषमा हाल रु छ करोड रकम जम्मा भइसकेको छ । उक्त रकमको ब्याजबाट वृत्ति वितरण गरिने जनाइएको छ।

ज्येष्ठ, द्वन्द्वपीडित र द्वन्द्वमा परी मुत्यु भएका पत्रकारको परिवारका सदस्यलाई आर्थिक तथा अन्य सहयोग प्रदान गर्न र पत्रकारको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले पत्रकार वृत्ति कोष सञ्चालनमा ल्याइएको हो ।

उक्त कोषमार्फत पत्रकारको क्षमता अभिवृद्धि र आर्थिकरुपमा विपन्न पत्रकारलाई आर्थिक सहयोग गरिने मापदण्डमा उल्लेख छ। तीस वर्ष निरन्तर पत्रकारिता गरेका ६५ वर्ष उमेर पूरा भएका पत्रकारलाई ज्येष्ठ पत्रकार वृत्ति दिइनेछ।

पहिलो वृत्ति प्राप्त गर्ने वरिष्ठ पत्रकार पदमभक्त खरेलले पत्रकारिता पेशाको सम्मानस्वरुप राज्यले पत्रकारको वृत्ति वितरणको राम्रो कामको सुरुआत गरेको बताए। उनले रकम सानै भए पनि राज्यकातर्फबाट पत्रकारिता पेशाप्रति इज्जत र प्रतिष्ठा बढाउन यसले प्रेरित गर्ने उल्लेख गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]