०३ साउन २०८१, शुक्रबार
19-07-2024 , Fri
×

चर्को आवाज निकाल्ने ८९ वटा मोटरसाइकल कारवाहीमा

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,१० साउन।
चर्को आवाज निकाल्ने मोटरसाइकललाई काठमाडौ ट्राफिक प्रहरीले कारवाही गरेको छ । ट्राफिक प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले मोडिफाइ गरेर चर्को आवाज निकाल्ने मोटरसाइकललाई कारवाही गरेको हो ।

सोमबार १९ वटा बुलेट र ७० वटा क्रसफायर गरी ८९ वटा मोटरसाइकललाई जरिवाना गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

चेकजाँचको क्रममा बुलेट मोटरसाइकलको साइलेन्सको पछाडि पातामा रबर राखेर ठुलो आवाज निकाल्ने गरेको भेटिएको छ । मोडिफाइ गरेको कसुरमा चालकलाई पहिलोपटक ५ सय जरिवाना गरिएको प्रहरीले बताएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ। पार्टीको आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए। उनका अनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको साझेदारीमा गठन भएको वर्तमान सरकारले मधेस प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकारलाई समर्थन गरेकाले […]

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय यादवले प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र मधेश भवनस्थित श्रम तथा यातायात मन्त्रालयमा पुगी कार्यभार ग्रहण गरेका छन् । कार्यभार सम्हालेलगत्तै मन्त्री यादवले अटोमेटेड ड्राइभिङ टेस्ट ट्रयाक सञ्चालन गर्ने पहिलो निर्णय गरेका छन् । मधेश प्रदेशका यातायात व्यवस्था कार्यालयहरूमा म्यानुअल तबरबाट चालक प्रमाणपत्रका लागि परीक्षा […]

जनकपुरधाम । दुर्घटनामा दर्जनौले ज्यान गुमाइ सकेको जनकपुर ढल्केवर सडक खण्डको बसही पुल यथाशिघ्र निर्माण गर्न माग गर्दै जनमत पार्टी मिथिला नगरपालिकाको नगर कार्य समितिले मधेश प्रदेशका मुख्यमन्त्रीलाई शुक्रवार ध्यानाकर्षण पत्र बुझाएको छ । मिथिला नगरपालिका वडा नं. २ र ६ को सिमानामा पर्ने बसही खोलाको सो पुलमा सवारी दुर्घटनामा परि दर्जर्नौ व्यक्तिको ज्यान गईसकेकोले […]