२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

फिल्म ‘मुस्कान’मा मधेस प्रदेशका कयौं मन्त्रीहरु मुख्य रोल निभाउने

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,१० साउन। मधेश प्रदेश वीरगँजकी एसिड पीडित मुस्कान खातुनको जीवनमा आधारित बन्न लागेको फिल्म मुस्कानमा वनमन्त्री प्रदीप यादवले हिरोको रोल निभाउने भएको छ ।

नेपाल सरकारको वन तथा वातावरणमन्त्री प्रदीप यादवले फिल्म ‘मुस्कान’मा नायकको भूमिकामा अभिनय गर्ने जनाइएको छ । रमित ढुंगानाको डेब्यु निर्देशन रहने फिल्मको केमियो भूमिकामा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि देखिनेछन् ।

एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमा आधारित हुने यो फिल्मको छायांकन साउन अन्तिमदेखि सुरु हुँदैछ । छायांकनको लागि यसैसाता अमेरिकाबाट नेपाल आइपुगेका रमितले आइतबार वन तथा वातावरण मन्त्रालय पुगेर मन्त्री यादवसँग छायांकनको योजनाबारे छलफल गरे ।

उनका अनुसार मन्त्री यादवले फिल्म छायांकनको लागि तीन दिनको समय छु्ट्टाएका छन् । मन्त्रालय सम्हालेपछि यादवले फिल्म खेल्ने निधो गरेका भने होइनन्, त्यसअघि नै उनले अभिनय गर्ने निर्णय गरेका थिए ।

निर्देशक ढुंगानाले खातुनलाई वास्तविक जीवनमा सहयोग पुर्‍याउने पात्रलाई समेटेर फिल्म बनाउन लागेका हुन् । ‘वनमन्त्री ज्यूले पनि सघाएकाले उहाँलाई पनि हिरो बनाउन लागेका हौं,’ ढुंगानाले भने ।

फिल्ममा मुस्कान स्वयंको पनि प्रमुख भूमिका हुन्छ । यसबाहेक रमितसँग रोधी घर र पृथ्वीनारायण शाह नामक दुई फिल्म पनि पाइपलाइनमा छन् । अहिले यी दुई फिल्मको अनुुसन्धान र स्क्रिप्ट लेखनको कार्य भइरहेको छ ।

साउन अन्तिमदेखि फिल्मको छायांकन सुरु हुने निर्देशक ढुंगानाले बताए । फिल्मको तयारी लागि यसैसाता अमेरिकाबाट नेपाल आइपुगेका रमितले आइतबार वन तथा वातावरण मन्त्रालय पुगेर मन्त्री यादवसँग छायांकनको योजनाबारे छलफल गरेका छन् ।

उनका अनुसार मन्त्री यादवले फिल्म छायांकनको लागि तीन दिनको समय छु्ट्टाएका छन् । मन्त्रालय सम्हालेपछि यादवले फिल्म खेल्ने निधो गरेका भने होइनन्, त्यसअघि नै उनले अभिनय गर्ने निर्णय गरेका थिए ।

मधेश प्रदेशमा मात्र नभएर देशैभरि दर्जनौ एसिड पीडितहरु अहिले पनि समस्याहरुसँग जुधिरहेकी छन् । उनीहरु एसिडको सिकार भएर सर्भाइभ गरिरहेकी छन् ।

जनकपुरकै आरती साह पनि एसिड पीडितको शिकार भई समाजिक जीवनसँग जुधिरहेकी छन् । दर्जनौ यस्ता घटनाहरुको पात्रलाई नसमेटी मात्र मुस्कान खातुनको जीवनलाई लिएर फिल्म बनाउन लागिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]